कावासोती,नवलपुर १० असार ।पछिल्लो समयमा आफ्नो जन्मदिन लगायतका विशेष दिनहरुलाइ अनावश्यक भोज भतेर गरेर भन्दा पनि सामाजिक काम हरु गरेर मनाउने चलन बढेको छ।अनावश्यक रुपमा खर्च हुने रकम तेस्ता कार्यहरुमा लगाउदा समाजमा राम्रो सन्देश जाने गरेको पाइएको छ।यसैक्रममा लामो समयदेखी नवलपुरको कावासोती थानाचोकमा विशाल मोबाइल पसल संचालन गर्दै आएका विशाल तिवारिले आज आफ्नो शुभ-जन्मोत्सवको अवसर पारेर एक जना आर्थिक रुपमा कमजोर बालकलाई वर्षभरी लाग्ने शुल्क कापी कलम लगायतका खर्चहरु आफुले उपलब्ध गराउदै वार्षिक छात्रवृत्ति प्रदान गरेका छन।
पछिल्लो समयमा व्यवसाय संङ्गै विभिन्न सामाजिक कार्यक्रमहरुमा सहयोग तथा उपस्थिति जनाउदै आएका उनले आफ्नो जन्मदिनको अवसरमा यो उदाहरणिय कार्य गरेका हुन।
आज असार १० गते परेको आफ्नो जन्मदिनको अवसरमा कावासोतिको समता मा वि मा पुगेर विद्यालयका प्रधानाध्यापक ,विद्यार्थी तथा अभिभावकको उपस्थितिमा उनले झोला, कपि कलम तथा चेक हस्तान्तरण गरेका हुन।
समता मा वि को कक्षा ४ मा अध्यन गर्ने मधुसूदन दाहालको एक वर्षको सम्पुर्ण खर्चहरु उपलब्ध गराएका तिवारिले आफुले आफ्नो जिवनको सबैभन्दा महत्त्वपूर्ण दिनमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्नेखालको काम गर्ने सोचले गर्दा यो काम गरेको भन्दै आवश्यक समन्वय गरेकोमा विद्यालय परिवारलाइ धन्यवाद ज्ञापन गरेका थिए।आफ्नो विद्यालयमा आएर एक जना आर्थिक अवस्था कमजोर भएको विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद दिदै प्रधानाध्यापक महेश भुर्तेलले समाजमा अन्य व्यक्तिहरुले पनि यस्ता सकारात्मक कार्यको सिको गर्न जरुरी रहेको कुरा व्यक्त गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा विशाल तिवारिका परिवारका सदस्यहरु,नवलपुर ड्राइभिङ व्यवसायी संघका अध्यक्ष प्रविन सापकोटा,छात्रवृत्ति प्राप्त गर्ने बालकका अभिभावक लगायतको उपस्थिति रहेको थियो।