प्रदेश २ · समाचार · स्वास्थ्य

दासको उपचारका लागि आर्थिक सहयोगको अपिल

प्रदिप सिंह  सिरहा, ९ असार । सिरहाको लहानका एक किड्नी फेल बिरामीले आर्थिक अवस्था कमजोर रहेकोले सहयोगका लागि अपिल गरेका छन् । आर्थिक अवस्था निकै दयनिय रहेका लहान नगरपालिका वडा नम्बर २४ बस्ने रामविलास दासको २३ बर्षिय छोरा जसिलाल दासको दुईवटै किड्नी फेल भएकोले सह्योगी हातहरुलाई उपचारमा सहयोग गरी दिनका लागि अपिल गरेको छ । दासको अहिले विराटनगरको Birat Medical College, Biratnagar को ICU ward मा उपचाररत भईरहेको छ ।

उपचारका लागि चाहिने रकम जुटाउन परिवारलाई निकै समस्या भईरहेको छ । गरीब किसानका छोरा जसिलाल २३ वर्षको कलिलो उमेरमा धातक रोगसँग जुधिरहेका छन्। भोक तिर्खाको प्रवाह नगरी परिवारका समपुर्ण सदस्यहरु दिनरात पैसा जुटाउन लागिपरेका छन्।

परिवारको अवस्था यतिसम्म दर्दनाक छ कि न त बस्ने घर छ, न त टहरा राख्ने जग्गा नै छ। हातमुख जोड्न समेत समस्या रहेको परिवारजनले बताउँछन्। तैपनी उनिहरुले हार मानेका छैनन्। यसतो विषम परिस्थितीमा तपाईं सानो सहयोगले परिवारलाई ठूलो सहयोग हुनेछ। त्यसैले आफू जति सकिन्छ त्यति सहयोग गरिदिनु हुन हार्दिक अपिल पीडितले अपिल गरेका छन् ।

A/C No.1607010014659 GLOBAL IME BANK LAHAN Account Holder: Indal Kumar Das संपर्क नं. कृषण दास:9819770875. लक्ष्मण साह: 9825708678