लहान, ८ असार । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको नोबेल कोरोना भाइरस अर्थात कोविड –१९ को सन्त्रास फैलिदै गएको बेला सबल नेपालले नियन्त्रण तथा रोकथामका लागि समसामयिक विषयमा सप्तरीको सुरुङ्गा नगर पालिका गाँउ घरमा गाडी रिर्जभ गरी जिङ्गल प्रचार प्रसारलाई तिब्रता दिदै सर्वधारणहरुलाई सचेतना फैलाउने कार्यलाई तिब्रता दिएको छ ।
सम्मुन्ती कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजनामा सप्तरीको सुरुङ्गा नगर पालिकाको सम्पूर्ण वडाहरुमा माइकिङ्ग गरि प्रचार प्रसारलाई तिब्रता दिएको आयोजक संस्था सबल नेपालका स्पोन्सर सिप कार्यक्रमका कार्यक्रम साहयक राजेश कुमार पासवानले जानकारी दिनुभयो ।
प्रचार प्रसारमा गाँउघरका सर्वसधारणका लागी विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ बाट बच्न तथा रोग फैलिन नदिन व्यतिmगत तवरमा सुरक्षाका उपायहरु अबलम्बन गर्न सर्वसधारणलाई प्रचार प्रसारमा अनुरोध गरि रहेको सबल नेपालका श्रवण कुमार पासवानले जानकारी दिनुभयो ।