उत्तम कुमार थापा बझाङ ६ असार।जिल्लाकाे वित्थडचिर गाउँपालीकामा युनिसेफले स्वास्थ्य सामाग्री सहयाेग गरेको छ ।
गाउँपालीकाले काेरना भाईरसबाट बच्नकाे लागि गाउँपालीकामा अासाेलेसन व्याड तयारी गर्ने याेजना बनिसकेपछि युनिसेफले विभिन्न स्वास्थ्य सामाग्री स्वास्थ्य शाखालाई हस्तान्तरण गरेकाे हाे ।
जिल्लाकाे पहिलाे खुटकिलामा पर्ने वित्थडचिर गाउँपालीकालाई युनिसेफले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेपछि सबैमा खुसियाली छाएकाे थियाे । युनिसेफले एक कार्यक्रमका विच अाज ब्लेङ्केट कम्बल ५० पिस, त्रीपाल ५० पिस,ब्लिचिङ पाउडर २५ किलो,साबन ५०० पिस,डस्टबिन ६ पिस,स्वछता सामग्री ५०,प्लास्टिक बाल्टी २० पिस,जग २० पिस,
सेनेटाइजर २० पिस,पन्जा ३०० पिस गरि विभिन्न स्वास्थ्य सामाग्री गाउँपालीका स्वास्थ्य शाखा सहसँयाेजक कर्ण धामीलाई अम्बा दत्त अवस्थी बाँस कोर्डिनेटरले हस्तान्तरण गर्नुभएको जनाएको हाे ।
यसरी गाउँपालीकालाई काेभिड १९ अर्थात काेरना भाईरस बाट बच्नकाेलागि सामाग्री वितरण गर्दा जनसमुदाय लाई ठुलाे राहत पुगेकाे छ भने,गाउँपालीकाले निर्माण गर्ने अाईसाेलेसन व्याड लाई पनि पत्यक्ष सहयाेग पुग्ने अवस्थिले बताएको छ । उनले भने जयपृथ्वी नगरपालिकामा पनि सहयाेग गरिने उनकाे भनाइ छ ।