देश · बिधालय · समाचार

SEE को ग्रेडसिट दिने कार्यविधि बनाउन तीन सदस्यीय सहित कमिटी गठन

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को ग्रेडसिट दिने कार्यविधि बनाउन तीन सदस्यीय कमिटी गठन गरेको छ ।

बिहीबार बसेको बोर्ड बैठकले सदस्यसचिव दुर्गा अर्याल, एसइईका परीक्षा नियन्त्रक रामराज खकुरेल र बोर्ड सदस्य सर्जनी जोशी रहेको तीन सदस्यीय कमिटी गठन गरेको हो ।

कोरोना महामारीका कारण सरकारले एसइई परीक्षा नलिइ आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय गरेको थियो ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने सरकारले गरेको निर्णय कार्यान्वयनका लागि तीन सदस्यीय कमिटी गठन गरिएको हो ।