राम प्रघट कोरी जेष्ठ ३२ –विजयनगर।कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइतवार ५४ जनाको पिसिआर स्वाब संकलन गरिएको छ । हिजो गाउँपालिकाको विभिन्न वडाका ५ जना व्यक्तिहरुमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको कन्ट्रयक्ट ट्रेसिङ आएका र थप अन्य गरी ५४ जनाकोे पिसिआर स्वाब संकलन गरिएको हो ।
उनीहरुको स्वाब परिक्षणका लागि कोरोना परिक्षण अस्पताल दाङमा पठाईएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारी जानकारी दिनुभएको छ ।
हालसम्म विजयनगर गाउँपालिकामा २७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ भने १३ जना निको भएका छन् । अहिले १४ जनाको विजयनगरमा सञ्चालित आइसोलेशन सेन्टरमा उपचार भईरहेको छ । उनीहरुको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
सम्बन्धित खबर
ग्रामिण सडक लक्ष्ति गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाद्धरा सचेतना मुलक कार्यक्रम
सिरहाबाट ५३ किलो गाँजा बरामद, भरिया फरार,खोजि कार्य जारी
मोटरसाइकल चोर्ने ६ युवक पक्राउ
सर्लाहीमा बाँध भत्किँदा १५ सय बिघा धानखेत डुबान
सप्तरीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
