• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

निजी बिधालय तथा कलेज असार १ गतेदेखि विद्यालय खोल्ने तयारी

नेपाल पोस्ट दैनिक
    June 10, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौँ, २६ जेठ । निजी विद्यालय तथा कलेज सञ्चालक असार १ गतेदेखि विद्यालय खोल्ने तयारीमा जुटेका छन् । निजी विद्यालय तथा कलेज सञ्चालकका नौ संगठनले आइतबार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै असार १ गतेदेखि विद्यालय खोल्ने र ग्रिनजोनमा रहेका विद्यालयमा असार १५ गतेदेखि पठनपाठन सञ्चालन गर्ने जनाएका हुन् ।

शिक्षण संस्था बन्द भएका कारण विद्यार्थीमा मनोवैज्ञानिक असर पर्दै गएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर विद्यालय खोल्न आफूहरू तयार रहेको उल्लेख गर्दै उनीहरूले वातावरण मिलाइदिन सरकारसँग माग गरेका छन् ।

उनीहरूले असार १ गतेबाट विद्यालयको प्रशासन खोली शिक्षक तथा कर्मचारी आउने,आवश्यक सुरक्षा सावधानी अपनाई विद्यार्थी र अभिभावकको भौतिक उपस्थिति वा अनलाइनमार्फत भर्ना अभियान सञ्चालन गरी विद्यार्थीको अभिलेखीकरण गर्ने काम अघि बढाउने जनाएका छन् । एल्लो जोन र रेड जोनका विद्यालयमा भने संक्रमणको अवस्था हेरी निर्णय गर्ने अधिकार पालिकाहरूलाई प्रदान गर्नुपर्ने उनीहरूको भनाइ छ ।

‘विद्यार्थीलाई कोरोना संक्रमणबाट बचाउन यातायातका साधन भाइरसमुक्त बनाउने, मास्क, स्यानिटाइजरको प्रयोग, साबुनपानीले हात धुने व्यवस्था तथा सरकारले तोकेको मापदण्डअनुरुप सामाजिक दुरी कायम गरी एउटा कक्षामा बढीमा २० जना विद्यार्थी राखी पठनपाठन गराइन्छ,’ एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘विद्यार्थीको अभिलेखीकरणसँगै पाठ्यपुस्तकसहज उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने हाम्रो माग हो ।’

प्रत्यक्ष उपस्थिति सम्भव नभएका ठाउँको हकमा डिजिटल कक्षा, रेडियो, टेलिभिजन, पत्रपत्रिकाको प्रयोग गरी भर्चुअल पठनपाठनजस्ता वैकल्पिक विधि अपनाई अध्ययनको मूलविधि र पाठ्यक्रमसँग समायोजन गरी लैजाने व्यवस्था मिलाउनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

प्याब्सनका अध्यक्ष टीका पुरीका अनुसार यस वर्षको एसइई, कक्षा ११ र १२ को परीक्षा छिटो सञ्चालन गर्नेगरी परीक्षा तालिका प्रकाशन गरी विद्यार्थीलाई मानसिक रुपले तयार हुने वातावरण प्रदान गरिनुपर्ने तथा परीक्षालाई परम्परागत ढंगले नभई सहज, सरल र सुरक्षित ढंगले सञ्चालन गर्न व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

कक्षा १२ को परीक्षापछि स्नातकतहमा प्रोभिजनल भर्ना र स्नातक तहको परीक्षापश्चात् स्नातकोत्तर तहमा प्रोभिजनल भर्ना गरी शैक्षिक सत्र बर्वाद नहुनेगरी पठनपाठन सञ्चालन गर्ने वातावरण बनाउन पनि उनीहरूले माग गरेका छन् । विश्वविद्यालय तथा सिटिइभिटीमातहतका स्थगित परीक्षाको तालिका प्रकाशन गरी अविलम्ब परीक्षा सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा ज्ञापनपत्रमा जोड दिइएको छ । ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले निजी शैक्षिक संस्थाका मागबारे छलफल गरी छिटै टुंगो लगाउने बताए । रुबी रौनियारले नागरिकमा लेखेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑