पुष्कर खड्का २५ जेठ, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाको क्वारेन्टिनमा बसेका कोरोना संक्रमित युवक शुक्रवार दिउँसो बाट फरार भएका अहिलेसम्म फेला पार्न सकेको छैनन् ।
कोरोना संक्रमित बेपत्ता भएको ४८ घण्टा बिती सक्दा पनि अझै फेला पार्न नसकेको र सम्पर्कमा नअाएको स्वास्थ्य कार्यालय रामेछापका डा.जितेन्द्र कुमार कर्णले जानकारी दिनु भयो ।
कर्णले दिएको जानकारी अनुसार स्वाब परिक्षणको लागि धुलिखेल पठाइएको रिपोट नआउँदै गाउँपालिका अध्यक्षले क्वारेन्टिन स्थलवाट रिपोर्ट नेगेटिभ अाएको भनि घर पठाएका युवक भागेर अहिलेसम्म सम्पर्क बिहिन भएका हुन्।
घरमा पठाएको १५ मिनेटपछि शुक्रबार स्वास्थ्य मन्त्रालयले रिपोट सार्वजनिक गरेसँगै अन्य युवा फर्कीएको भएपनि गोकुलगंगा वडा नं ४ वेतालीका एक युवक भने सम्पर्कमा नै नआई फरार भएका छन्।
गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जनामा एकैदिन शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसमध्ये गोकुलगंगा गाउँपालिका २ जना संक्रमित फरार भएका थिए । फरार २ जनामध्ये १ जना फेला परिसकेका छन् भने एकजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको हो ।
