• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

वीरगंज महानगरपालिका वडा नं १७ मा ७५ अतिविपन्न परिवार लाई एकिकृत राहत

रंजित चौरसिया,
    June 4, 2020  मा प्रकाशित

Spread the love
      

वीरगंज २२ जेष्ठ।पर्साको वीरगंंज महानगरपालिका वडा नं. १७ अलौं टोलमा रहेका अति विपन्न गरिब, अपांग, एकल महिला, गर्भवती तथा सुत्केरी आमा लगायतका लाई मिथिला वाइल्ड लाइफ ट्रष्ट मिथिला बिहारी नगरपालिका वडा नं.३ को आर्थिक सहयोगमा एकिकृत राहत प्याकेज आज वितरण गरिएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको आज ७३ औ दिन भइसकेको छ । संघ प्रदेश, स्थानिय तहले लकडाउनको अवस्थामा दैनिक मजदुरी गरि खाने गरिब अति विपन्न घर परिवार पूर्ण रुपले प्रभावित भएको अवस्थामा मिथिला वाइल्ड लाइफ ट्रष्टले समाजिक दुरी कायम गर्दै आज ७५ परिवार लाई सो राहत वितरण गरेको मिथिला वाइल्ड लाइफ ट्रष्टका पर्सा प्रतिनिधि श्रवण प्रसाद साहले बताए ।
वडा नं. १७ का वडाअध्यक्ष सुखरानी देवीको विशेष उपस्थितिमा तथा नेपाल युवा परिषद् बारा र भोजपुरी टाइम्स दैनिको समन्वयमा चामल, दाल, आलु, प्याज, खाने तेल, नून, स्वाविन, नुहाउने साबुन, अण्डा, हरियो तरकारी लउका, साग, करैला बोडी लगायत खाद्यान्न सामग्रीको प्याकेज वितरण गरिएको मिथिला वाइल्ड लाइफ ट्रष्टका प्रतिनिधि साहले बताए । राहत पाएपछि स्थानियहरु खुसी हुदै संस्थालाई धन्यबाद समेत दिएका थिए ।
राहत वितरण कार्यक्रममा जनता समाजवादी पार्टीका बिरेन्द्र प्रसाद यादव, राप्रपा पार्टीका दलित संगठनका केन्द्रिय सदस्य उमेश राम, नेता छठु साह, राप्रपा मुस्लिम संगठनका केन्द्रिय सदस्य अमर हुसैन पवरिया, द नेपाल टप अनलाईका पर्सा प्रतिनिधि नरेश सर्राफ, भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया र फोटो पत्रकार एसएम जहाँगस्त, रातोपाटी अनलाईनका अमित अग्रवाल, मिरमिरे अनलाईनका दिपक चौरसिया, दैनिक वीरगंजका रंजित चौरसिया, आजतक दैनिकका बिनोद पटेल, आकाश एफएमका आशिक अंसारी, नेपाल युवा परिषद बाराका सचिव दिवाकर प्रसाद कल्वार, युवा समाजसेवी अनिल कुमार कुशवाहा, मिथिला वाइल्ड लाइफ ट्रष्ट बाराका प्रतिनिधि राजेश कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।
मिथिला वाइल्ड लाइफ ट्रष्ट, छोरा छोरी, गानडिज र लास्ट नाइट अ डिजे सेभड माई लाइफ संस्थाहरुको आर्थिक सहयोगमा भोर नामक संस्थासंग मिलेर देशका १५ जिल्लाका २२५० विपन्न परिवारका गर्भवती, एकल महिला, सुत्केरी तथा अपांगहरुलाई विशेष राहत प्याकेज प्रदान गर्ने योजना अनुसार आज राहत वितरण गरिएको छ ।
यस अघि पकहामैनपुर गाउँपालिकाको वाड नं. ४ स्थित मुसहर बस्तीका ८५ घर परिवार, जिराभवानी गाउँपालिका वडा नं. १ पकडीटोलका ३६ घर परिवार र वडा नं. ४ का ३५ घर परिवार र आज वीरगंज १७ मा ७५ घरपरिवार गरी २३१ अतिबिपन्न परिवारलाई राहत वितरण गरिएको पर्सा प्रतिनिधि साहले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑