वीरगंज २० जेष्ठ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व मन्त्री अजय कुमार चौरसियाले सरकारकै कारण गरिब, विपन्न, र आम मानिस कोरोना संक्रमणले होइन भोकले ज्यान गुमाउने अवस्था आएको छ।
लकडाउन सुरु भएको दोस्रो हप्तादेखि नै राहत बाडेका माहानगर, नगर र वडा अहिले सुतिरहेका छन । अब झन्डै २ महिना भन्दा बढी लकडाउन हुँदा गरिबको पेट र भान्साघर रितिएको अवस्था छ। साथै लकडाउन थपिँदै जादा कोरोनाले भन्दा खान नपाई भोकले मर्ने अवस्था आएको नेता चौरसियाले बताएका छन।
सरकारको अगामी योजना तथा व्यवस्थित योजनाको अभावका कारण गरिब, विपन्न र उत्पीडित समुदायले दिनहुँ विभिन्न समस्याको सामना गर्नु परेको बताउँदै उनले भने नेपालमा रहेको तिनै तहको सरकारले कोही भोकै बस्नु पर्दैन भने तापनी भोकले नै मृत्यु व्यहोर्नु परेको घटनाहरू आईरहेको अवस्था छ।
नेपाली कांग्रेसका नेता चौरसियाले भने भारतको विभिन्न ठाउँ बाट पैदल र साईकलमा यात्रा गर्दै भोकभोकै नेपालको सिमामा हजारौंको संख्यामा नेपालीहरु आईपुगेको बताएका छन । साथै भोकको कारण कतिपाएले बाटो र सिमामै ज्यान गुमाउनु परेको कुरा विभिन्न सन्चार माध्यमले जनाएको सबैमा अवगत नै रहेको बताएका छ्न।
कांग्रेसका पुर्व मन्त्री चौरसियाले यो स्थितिको सामना गर्न दीर्घकालीन तथा व्यवस्थित योजना बनाउन सरकारसँग माग गरे साथै कोरोना संक्रमणको यो परिस्थिति को सामना गर्न ठोस योजना बनाएर अगाडि बढन पनि आग्रह गरेका छन।
उनले भने सरकारले भाषण गरेर मात्र यो रोग संग लड्न नसकिने भन्दै यस्को उपाय र कोरोना संक्रमितलाई उपचार हुने ठाउँहरु आईसोलेसन र क्वारेन्टाइनको ब्यवस्था राम्रो बनाउनु पर्ने समेत कांग्रेस नेता चौरसियाले तिनै तहको सरकार संग माग पनि गरेका छन ।