• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सरकारी विद्यालय सुधारको जिम्मा निजीलाई दिने व्यवस्था खारेज गर्न अनेरास्वविय कपिलवस्तुको माग

नेपाल पोस्ट दैनिक
    June 1, 2020  मा प्रकाशित

Spread the love
      

घनश्याम भर जेष्ठ १९– विजयनगर ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कपिलवस्तुले सरकारी विद्यालय सुधारको जिम्मा निजीलाई दिने व्यवस्था खारेज गर्न माग गरेको छ । अनेरास्ववियूले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो । आर्थिक वर्ष २०७७÷७८ का धेरै पक्षहरु राम्रा हुँदा पनि बुँदा नं. १६६ मा उल्लेखित विषयः माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा १ सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनु पर्ने व्यवस्था गरेको छ ।

नेपालको संविधानले अङ्गिकार गरेको समाजवाद उन्मुख व्यवस्थालाई गलत भएको अनेरास्ववियू कपिलवस्तुले निश्कर्ष निकालेको छ । तसर्थ उक्त बँुदा बजेटबाट हटाउन नेपाल सरकारसँग विज्ञप्तीमार्फत जोडदार माग गरेको छ । कोभिड–१९ का कारण नेपालका अधिकांश सार्वजनिक÷सामुदायिक विद्यालयहरु क्वारेन्टाईनको रुपमा प्रयोग हुदँै आएका छन् ।

यस विषम् परिस्थितिमा निजी विद्यालयहरुले अनलाईन शिक्षाको नामबाट चर्काे शुल्क अशुलि रहेको र मन खुसी भर्ना लिइरहेको सुचना प्राप्त भएकोले यस्तो कार्यलाई यथाशिघ्र रोक लगाउन कपिलवस्तु प्रशासनको ध्यान आर्कषणसमेत गराएको विज्ञप्तीमा उल्लेख गरिएको छ । देश नै लकडाउनमा रहेको बेला र सामुदायिक विद्यालयहरु क्वारेन्टाईनमा परिणत भएको अवस्थामा निजी विद्यालयले भर्ना सुचारु गर्नु खेद जनक रहेको भन्दै मन खुसी शुल्क लिएर विभेदकारी कार्य नगर्न सम्बन्धित विद्यालयहरुलाई अनेरास्ववियूले आग्रहसमेत गरेको छ ।

यस्तै “जाजरकोट जिल्लाका नवराज बि.क. र पश्चिम रुकुमकी सुष्मा मल्ल बीचको प्रेम सम्बन्ध र यसबाट सिर्जित अन्तरजातिय विवाह प्रसङ्गमा छुवाछुतको झल्को दिने गरी यही जेष्ठ १० गते रुकुम चौरहारी–८ मा नवराज वि.क. लगायत ५ जनाको मृत्यु भएको र बेपत्ता रहेको खबर अत्यन्तै रहस्यमय र आपत्ति जनक छ । उक्त घटनालाई निष्पक्ष रुपमा छानबिन गरी आगामी दिनमा यस्ता घटना नदोहोरिने गरी दोषीलाई कडा कारवाही गर्न नेपाल सरकार सँग जोडदार माग गर्दछौँ ।” भनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै आइतवार मात्र कपिलवस्तुको बुद्धभुमि नगरपालिकाबाट अर्घाखाँची जिल्लामा लगिएको तरकारीहरु अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेशमा नष्ट गरिएको खबर पनि आपत्ति जनक रहेको भन्दै नेपाली किसानले उत्पादन गरेको तरकारी नष्ट गरिदिँदा समग्र किसान जगत अन्यायमा पर्दछन् भन्ने कुरा हेक्का राख्नु पर्दछ । तसर्थ पिडितलाई तत्काल क्षतिपुर्ति दिई आगामी दिनमा यस्तो कार्य नदोहो¥याउन सम्बन्धित सबैमा आग्रह गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कपिलवस्तुका संयोजक बाबुराम अर्यालले जानकारी दिनुभएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑