प्रदेश २ · समाचार · सामाज

महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा राहत नपाएकाे कारण स्थानिय द्वारा चक्का जाम्म

गौशाला १४ जेठ।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका वडा न.२ पर्सामा मंगलवार राहत नपाएकाेमा स्थानिय द्वारा चक्का गरिएकाे छ ।दुई महीनाकाे अवधिमा पाँच किलाे अाँटा, पाँच पिस सावुन तथा माक्स वाँडिएकाे अक्रम अंसारीले जनाए तर घर परिवारकाे संख्या बढि भएकाे कारण रातिमा भाेकै बस्नु पर्ने वाहेक कुनै उपाय पनि छैन।राहतकाे लागि पटक पटक गाउँपालिकामा तला बन्दी गरे ,अान्दाेलन गरे,माैखिक तथा लिखित जानकारी गराए पनि कुनै सुनवाई नभएकाे कारण बाध्य भएर सडक जाम्म गर्नु परेकाे स्थानिहरुले जनाएका छन ।

हामिहरु कुनै लहर हाेईन पेटमा खान दिनकाे लागि चक्का जाम्म गरेका छाै । स्थानिय सरकार नसुने पछि प्रदेश सरकार र संघिय सरकारकाे कान सम्म जक्का जाम्म स्थानिय द्वारा गरिएकाे खबर पुगाेस हामिहरुकाे चाहना रहेका छन ।वडामा अाठ लाख रु. अाए पनि राहत नपाएकाे उनिहरुले गुनासाे गरे।तर राहतकाे लागि वडा अध्यक्ष मक्सुद शेखलाई अाग्रह गरे पनि उहाँले सरल भाषामा भने मलाई अब राजनितिक सँग कुनै मतलव नभएकाे कारण म राहतमा ध्यान दिन नसकिन जवाफ दिए पछि स्थानियहरुले अाक्राेसित भएर चक्का जाम्म गरेका छन।

तर चक्का जाम्म खाेल्नका लागि प्रमुख शेष फारुक ,उप प्रमुख नगिना देवि यादव तथा वडा अध्यक्ष सँग निर्णायक वर्ता संभव भए मात्र चक्का जाम्म खाेल्न सकिने उनिहरुले जनाएका छन।