वीरगंज ७ जेठ।एकै दिन ५७ जनामा कोरोना संक्रमित भेटिएपछि पर्सामा वैशाख ३० गते साझ ८ बजे देखि निषेधाज्ञा लगाइएको थियो। निषेधाज्ञा पछि जनजीवन निक्कै कष्टकर बने पछि सर्वपक्षीय को सुझावमा जिल्ला सुरक्षा समितिले सोमबार राति १२ बजे पछि निषेधाज्ञा हटाएको हो।
निषेधाज्ञा हटाएपछि लकडाउनलाइ थप कडा गर्ने निर्णय भएको हो। निषेधाज्ञा फुकुवा संगै मङगलवार बिहानदेखि वीरगन्जको बजारमा मानिसहरुको चहल पहल बढेको छ।
खाद्यान्न, किराना, पसल लगायतका अत्यावश्यक वस्तुका पसल बिहान साढे ८ बजे सम्म मात्र खोल्न दिने सुरक्षा समिती ले निर्णय गरेको थियो। निषेधाज्ञा पछि ७ दिन सम्म कुनै पसल , बजार नखोलि पूर्ण रुपमा बन्द रहेको थियो।
निशेधाज्ञाकारण ७ दिनसम्म नगरवासीले सरसामान किन्न बजारमा निस्किन पाएका थिएनन्। सोमबार मध्यराति देखि निषेधाज्ञा फुकुवा पछि मङगलवार बिहानैदेखि बिरगंज बजारमा चहल पहल बढेको छ।
बिरगंज बजारमा मानिसको भिडभाड बढेपछि प्रहरीले केहि स्थानका पसलहरु बिहान तोकिएको समय भन्दा पहिले नै बन्द गराएको छ।
सामाजिक दुरी कायम नराखि बिरगंज बजारको पसलमा धेरै भिडभाड बढेपछि सुरक्षाकर्मीहरुले कडाइ गर्न बाध्य भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताएका हुन।