अनिल साह, वीरगंज ६ जेष्ठ। जिल्ला आयूर्वेद स्वास्थ केन्द्रा वीरगन्जले आफ्नो दैनिकी सेवामा तिब्रता दिएको छ।
वीरगन्ज मा.न.पा. वडा नं १५ मा रहेको जिल्ला आयूर्वे स्वास्थ केन्द्रले दैनिक २० देखि २५ सेवाग्राहीलाई सेवा दिदै आएको छ।
नारायणी उप-क्षेत्रीय अस्पताल वीरगन्जलाई करोना (कोभिड १९) अस्पताल घोषणा गरेपछी स्थानियहरुका लागि जिल्ला आयूर्वेद स्वास्थकेन्द्र आपचारको केन्द्र बनेको छ।
बलिदो मौंसम संग संगै रुघ,खोकीको बिरामी आश्चर्यजनकरुपमा वृद्धि भएपछी रुघा खोकी कक्ष छुटै राखी उपचार गरेको जिल्ला आयूर्वेद स्वास्थ केन्द्रका बरिष्ट कविराज ( सुचना अधिकारी ) ले बताउनु भएको छ।
पंचकर्महरु केही संचालनमा रहेता पनि लकडाउन,निषेधज्ञा र WHO को मापदण्ड अनुसार पिपिई सेट,टोपग्लस, सेनिटाइजर, लगायतका स्वास्थ समाग्री सरकारले उपलब्ध नगराउदा जोखिमपूर्ण अवस्थामा सेवाप्रदान गरिरहेको बरिष्ट कविराज बताएका छन।
जडिबुटी सम्बन्धी जानकारीको प्रयोगको सम्बन्धबाट रोग प्रतिधात्मक क्षमता वृद्धि गर्नकालागी वेसार,जिरा,धनिया,लहसुन,बाकस (वासा),गिलोय,तुल्सी ,सुठो,पिपला,मरिच,तेजपत्र,ईलाइची घरेलु जाडिबुटी बारेमा जानकारी दिने गरिको छ। अर्को कविराज राजसुन्दर प्रसाद साहले बताएका छन।
नारायणी उप-क्षेत्रीय अस्पतालको आइसोलेसनमा रहेका करोना (कोभीड १९) को बिरामीहरुकालागी दैनिक असोगन्द्धा चुरण, त्रीफला चुरण,अमृत चिया, दिने गरेको छ। समाजिक अभियन्ता प्रकाश थारुको सहयोगमा पठाइको जिल्ला आयूर्वेद स्वास्थ केन्द्रा का प्रमुख डा. रमेश मिश्राले बताएका छन।
आयूर्वेदिक औषधिको प्रयोग र योगले कोभिड १९ करोनामा अन्टिबडी भुमिका खेल्ने बिज्ञयहरुले बताएका छन।
