राजनीतिक

प्रधानमन्त्रीले पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याएपछि नेकपामा भाँडभैलो

sf7df8f}F, !* k'; Mk|wfgdGqL lgjf; jfn'jf6f/df z'qmaf/ laxfg a;]sf] ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ ;lrjfnosf] a}7sdf k|wfgdGqL Pj+ kf6L{sf cWoIf s]kL zdf{ cf]nL, cWoIf k'iksdn bfxfn …k|r08Ú nufot .t:jL/ M k|wfgdGqLsf] ;lrjfno÷ /f;;

बैठक लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुगे

काठमाडौं ८ बैशाख। सरकारले आकस्मिक रुपमा दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा भाँडभैलो मच्चिएको छ । यसको असर सोमबार साँझ आकस्मिक रुपमा बसेको नेकपाको सचिवालय बैठकमा पनि देखियो ।

बैठक बस्दाबस्दै राष्ट्रपतिले अध्यादेश जारी गरिसकेपछि बैठक बीचमै सकिएको थियो । सरकारले पार्टीसँग कुनै सल्लाह नै नगरी गम्भीर राजनीतिक महत्त्वका अध्योश ल्याएको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि सहित प्रश्न गरेका थिए ।

बैठकमा अधिका‌ंश सदस्यले दुई अध्यादेशबारे छलफल नभइ किन ल्याएको भनेर प्रधानमन्त्रीसँग प्रश्न गरे पनि जवाफमा ओलीले विभिन्न संबैधानिक नियुक्ति गर्न अप्ठेरो परेकाले अध्यादेश ल्याउनु परेको जवाफ दिएका थिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेशबारे गम्भीर र विभिन्न कोणबाट छलफल भएको प्रतिकृया दिए । सधैं पत्रकारहरुबीच हसिलो रुपमा प्रस्तुत हुने श्रेष्ठ सोमबारको बैठकपछि पत्रकारहरुबीच तनाव मुडमा देखिन्थे ।

नेकपा स्रोतका अनुसार अध्यादेशबारे छलफल हुँदाहुदै राष्ट्रपतिबाट अध्यादेश जारी भएको खबर बालुवाटारमा पुगेको थियो । त्यसपछि नेताहरु बैठक नै समापन नगरी उठेका थिए भने बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयको शीतल निवासतिर लागेका थिए  । रातोपाटी