• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 18, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

खोटाङमा पत्रकारलाई धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण (विज्ञप्तिसहित

नेपाल पोस्ट दैनिक
    April 7, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौ २५ चैत। खोटाङमा समाचारको विषयलाई लिएर कांग्रेस नेताले पत्रकारलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आंशका गरिएका व्यक्तीलाई राख्नेक्रममा कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले अवरोध गरेको समाचार लेखेको विषयमा पत्रकार उत्तम चौंलागाईलाई धम्की दिएकोप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। पत्रकार महासंघका सचिव रहेका चौंलागाईलाई सभापति श्रेष्ठले ‘भेटघाटमा राम्रै चिनजान हुन्छ’, ‘पैसामा बिकेर समाचार लेखेको’, ‘यसले ज्यान पनि जान सक्छ’ भन्नेजस्ता शव्द प्रयोग गरेर धम्क्याएको भन्दै महासंघले सोमबार विज्ञाप्तिमार्फत विरोध जनाएको हो।महासंघका अध्यक्ष दमन राईले जारी गरेको विज्ञाप्तीमा समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै पनि पत्रकारलाई धम्क्याउनु निन्दनीय भएको उल्लेख छ। महासंघले संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्वाध र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ। विज्ञाप्तिमा पत्रकार चौलागाईँको सुरक्षाका लागि प्रशासन तथा सुरक्षा निकायसँग माग गरिएको छ। संक्रमणको आशंका गरिएका व्यक्तीलाई बस्तीभन्दा टाढा क्वारेन्टाइन बनाएर राख्नका लागि स्थानीयको माग आएको भन्दै सभापति श्रेष्ठले असहयोग गरेको भन्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले दिएको जानकारीका आधारमा आईतबार पत्रकार चौंलागाईले एक अनलाइनमा ‘क्वारेन्टाइनमा मानिस राख्न कांग्रेस सभापतिको अवरोध’ शीर्षकमा समाचार लेखेका थिए।दवावकाबीचमा पनि स्वास्थ्यचौकीकै क्वारेन्टीनमा शंकास्पद व्यक्तीलाई राखेको नगरपालिकाले जनाएको छ। भारतबाट घर आउनेक्रममा उदयपुरको कटारी अस्पतालको आइसोलेसनमा राखिएको अवस्थामा चैत १४ गते भागेका उदयपुर ताप्ली गाउँपालिकाका नेपाली थरका एक व्यक्ती दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेपछि उनी सहित उनको सम्पर्कमा रहिसकेका आठ जनालाई क्वारेन्टीनमा लगेर राख्नेक्रममा कांग्रेस सभापति र मेयरबीचमा विवाद भएको हो। मेयर राई कांग्रेसबाटै निर्वाचित भएका हुन्। उनीहरुको विवादले कांग्रेसको जिल्ला तहमा उग्र रुप लिएको छ। साभारः नमस्ते खोटाङ

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
  • शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
  • थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑