गरिब बिपन परिवारलाई कोरोनाको कहर बाट छाक टार्न राहत बितरण
महेश सिंह सिरहा २४ चैत ।बिश्वमा माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको प्रभाव नेपालमा पनि परेको छ्।कोरोना भाईरस बाट बच्न नेपाल सरकारले चैत ११ गते देखी नेपालमा लकडाउन लागु गरे पछि कोरोना भाईरस बाट जोगिन लकडाउन गरेको हो ।
त्यो लकडाउनले नेपालमा रहेको गरि दलित र ज्याला मजदुरी गर्ने मजदुरहरुको लागि कहर बन्दै गरेको देखीन्छ । सिरहाको लहान नगरपालिका १९ कटहामा शनिबार नेपाल् विद्यार्थी संघ प्राविधिक परिषदको निबर्त्मान केन्द्रिय उपाध्यक्ष तथा नेपाल कुशवहा विद्यार्थी समाजको जिल्ला अध्यक्ष मुकेश कुमार महतो ले हिजो गरिब बिपन परिवारको लागी ब्यक्तीगत आर्थिक सहयोगमा ३५ घर परिवारलाई चामल ,दाल ,आलु , खाने तेल ,नुन लगायतका खादयानको सममानहरु राहत स्वरुप गरिब,बिपन परिवारलाई राहत बितरण गरेको छ् । स्थानीय चन्दन देबि यादव ,भोलबी महतो ,हिताई महतो ,रामलोचन महतो ,रासलाल यादव ,रामरति यादव, राम अशिष यादव ,रामऔंतार यादव लगायतका ३५ घर परिवारलाई राहत बितरण गरेका छन्। महतो विद्यार्थी नेतृत्वमा ,राजनीतिमा युवा मधे सकृय रहेको स्थानीयहरुको भनाइ छ् ।

