• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कोरोनासँग नडराएको एउटा यूरोपेली देश

नेपाल पोस्ट दैनिक
    April 1, 2020  मा प्रकाशित

Spread the love
      

काठमाडौं १९ चैत।कोरोना भाइरसको इपिसेन्टर चीनबाट अहिले यूरोपमा सरेको छ । सबैजसो यूरोपेली देशहरु यसबाट प्रभावित छन् । तर, अपवादको रुपमा उभिएको छ स्वीडेन । कोरोनाको त्रासका बाबजुद यस देशको जनजीवन अपेक्षाकृत सामान्य छ ।

कोरोनासँग लड्न यूरोपका देशहरुले अनेक रणनीति अवलम्वन गरिरहेका छन् । यसमा पनि सबैले अपनाएको साझा रणनीति हो– लकडाउन । प्राय देशहरुमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द छन् ।

कोरोनाबाट स्वीडेन अछुतो भने छैन । यहाँ अहिलेसम्म १ सय ८० जनाको मृत्यु भइसकेको छ भने ५ हजारभन्दा बढी संक्रमति छन् । तर, सरकारले अझै पनि यसलाई त्यति धेरै चिन्ताको विषय मानेको छैन । यहाँ सवारी साधन, उद्योग, प्रतिष्ठान, स्कुल, रेष्टुरेन्टहरु निर्वाध चलिरहेका छन् ।

सरकारले मानिसहरुलाई ‘मिलेसम्म घरमै बसेर काम गर्न’ आग्रह गरेको छ । खासगरी ७० वर्ष नाघेका वृद्ध–वृद्धाहरुलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । वृद्धवृद्धाहरुको स्याहार गर्ने केयर सेन्टरहरुमा बाहिरका मानिसहरुलाई प्रवेश निषेध गरिएको छ ।

सरकारले एक ठाउँमा ५० जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । तर, यो आफैंमा ठूलो संख्या हो । किनकी यूरोपका प्राय देशले ५ जनाभन्दा बढी भेला नहुन भनेका छ । बेलायतमा त झन् दुई जनाभन्दा बढी एक ठाउँमा जम्मा हुन पाइँदैन ।

सोसल डेमोक्रेटिक सरकारले पिवश्वविद्यालय र उच्च शिक्षा अध्यापन गराउने कलेजहरु बन्द गराएको छ । यसैगरी, रेष्टुरेन्ट तथा बारहरुमा टेबलमा मात्रै सेवा दिन भनिएको छ ।

स्वीडेनमा अहिले पनि १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरु नियमित स्कुल गइरहेका छन् । रेष्टुरेन्ट तथा बारहरु व्यस्त नै रहन्छन् ।

यस्तो ‘असावधानी’ का बाबजुद स्वीडेनमा कोरोना संक्रमण अनियन्त्रितरुपमा फैलिएको भने छैन । यूरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलका अनुसार स्वीडेनमा प्रत्येक १० लाख जनसंख्यामा एकजनाको मात्रै कोरोनाले मृत्यू भएको छ । जबकी अन्य यूरोपेली देशमा यो अनुपात उच्च छ । इटलीमा १० लाख जनसंख्यामा १ सय ९२, स्पेनमा १ सय ५७ र यूकेमा २१ जनाको कोरोनाबाट मृत्यु भइरहेको छ ।

तर, यो तथ्यांक हेरेर ढुक्क बन्ने स्थिति भने छैन । मृत्युदर न्यून भए पनि संक्रमण दर भने बढीरहेको छ । विज्ञहरुको एउटा तप्काले सरकारको रवैयाप्रति चिन्ता व्यक्त गरेको छ । एक हप्ता अगाडि मात्रै स्वीडिस युनिभर्सिटीका २ हजार अनुसन्धानकर्ताहरुले एउटा संयुक्त पत्र लेख्दै सरकारको आलोचना गरेका थिए ।

सो युनिभर्सिटीका प्रोफेसर सेसिल्ला सोडरबर्ग भन्छिन्, ‘हामीले पर्याप्त परिक्षण नै गरेका छैनौं । न त आवश्यक संख्यामा ट्र्याकिङ भइरहेको छ । आशंकितहरुलाई आइसोलेसनमा राख्ने काम पनि भइरहेको छैन । हाम्रो सरकारले भाइरसलाई आमन्त्रण गरिरहेको जस्तो लाग्छ ।’

स्वीडेनको भन्दा कम मृत्यु भएका यसका छिमेकी देशहरु डेनमार्क, फिनल्यान्ड र नर्वेले कोरोनाविरुद्ध कडा नीति अख्तियार गरिरहेका छन् । ती देशमा कार्यस्थलदेखि स्कुल कलेजहरु धेरै हप्तादेखि बन्द छन् ।

युमेइ युनिभर्सिटीका प्रोफेसर फेड्रिक एल्घ भन्छन्, ‘हामी संभवतः संसारकै एक मात्र देश हौं, जो कोरोना फैलिन नदिन केही पनि काम गरिरहेका छैनौं । यो एकदमै गम्भीर गल्ती हो ।’

गत साता टेलिभिजनमा देखिएका प्रधानमन्त्री स्टेफन लोफभेनले देशमा लकडाउन घोषणा गर्ने अनुमान गरिएको थियो । कम्तिमा स्कुलहरु बन्द गराउने आशा थियो । तर, उनले त्यस्तो केही घोषणा गरेनन् । उनले खाली ‘आफ्नो र आफ्नो प्रियजनको स्वास्थ्यको उत्तरदायित्व लिन’ आग्रह मात्र गरे ।

लोफभेनेको सरकारले आखिर किन यस्तो रवैया देखाइरहेको छ त ? विज्ञहरु देशको अर्थतन्त्र जोगाउनका लागि सरकार लकडाउनमा जान नसकेको बताउँछन् । इटलीको जस्तो लकडाउन गर्दा देशको अर्थतन्त्र धराशयी बन्न सक्ने सरकारको चिन्ता छ ।

सरकारका केही व्यक्तिहरु भने आफ्ना जनताप्रति भरोसा भएकाले लकडाउन आवश्यक नपर्ने तर्क गरिरहेका छन् ।

‘हाम्रा जनता आफैं बुद्धिमान छन् । संक्रमणबाट जोगिन के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने उनीहरुलाई थाहा छ । सरकारले कुनै कुरामा रोक लगाइरनु पर्दैन,’ एक मन्त्रीले भनेका छन् ।

यता, जनता पनि सरकारसित खासै असन्तुष्ट देखिँदैनन् । त्यहाँको दैनिक समाचारपत्रले हालै गरेको एक सर्भेक्षणमा आधाभन्दा बढि सहभागीले कोरोना भाइरसलाई लिएर सरकारको प्रतिक्रिया सन्तुलित रहेको बताएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑