पुनर्वास ९ चैत/कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित आनन्द बजारमा देशको सिमा रक्षाका लागि भारतीय एसएसबीको गोली लागेर मृत्यु भएका सहिद गोविन्द गौतमकी ममतामयी आमाको निधन भएको छ ।
स्वस्थमा केही गडबड देखिए पछि केही दिन अघि देखि बिरामी भएर नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचारार्थ रहनुभएकी सहिद गौतमकी आमा हरिदेवी गौतमको हिजो राति निधन भएको हो ।
बिहिवार अस्पतालबाट डिस्चार्ज भएर घर ल्याएकी सहिद गौतमकि आमा हरिदेवी गौतमको राती ८ बजे आफ्नै निवासमा निधन भएको र आज बिहान १० बजे शव यात्रा निकालि अन्त्येष्टि गरिने सिमा संघर्ष समिति पुनर्वासका संयोजक चन्द्रमणी गैरेले जानकारी दिनुभयो ।