• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 22, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कोरानाको डरले विहे पनि स्थगित

नेपाल पोस्ट दैनिक
    March 21, 2020  मा प्रकाशित

Spread the love
      

वीरगन्ज ८ चैत । बाराको जितपुरका नवीन भगतकी बहिनीको बिहे बैशाख १४ गते हुने तय थियो। बैशाख १४ को बहिनीको वैवाहिक समारोहका लागि नवीनले वीरगन्जको होटल कुमु प्यालेसमा २ लाख ७५ हजार रुपैया तिर्ने गरि बुकिङ पनि गरिसकेका थिए। तर कोभिड-१९ कोरोनाको त्रासले नवीनले बुधबार होटलमा फोन गरेर होटलको बुकिङ क्यान्सिल गरि दिएका छन्।

‘कोरोनाको त्रास दिनहु बढ्दै गएको छ। यो त्रास कहिलेसम्म चल्छ ठेगान नै छैन’ नवीनले भने ‘त्यसैले होटलको बुकिङ क्यान्सिल गरिसकेको छु। होटलको बुकिङ क्यान्सिल भएपछि बिहे पनि अब बैशाख १४ गते नहुने निश्चित जस्तै छ। केटा पक्षसँग यो विषयमा कुराकानी चलिरहेको छ।’ बढ्दो क्रमममा रहेको कोरोना संक्रमणको त्रासले वैवाहिक समारोहमा पनि असर पारेको वीरगन्जका होटल र पाटी प्यालेसका सन्चालकहरुले बताएका छन्।

वीरगन्जका होटल र पाटी प्यालेसमा चैत र बैशाख महिनामा गर्ने भनिएका अन्य समारोह, गोष्ठी, अन्तरक्रियाका लागि गरिएका बुकिङ पनि कोरोनाका त्रासले धमाधम स्थगित भइरहेको व्यवसायीले बताएका छन्। होटल कुमु प्यालेसमै चैत ८ मा अरिहन्त ग्रीन इनर्जी प्रालिले इलेक्ट्रिसियन मिट समारोहका लागि गरेको बुकिङ गत बुधबार नै फोन गरेर क्यान्सिल गरि दिएको  होटलका सन्चालक कार्कीले जानकारी दिए।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तका अनुसार, कोरोना संक्रमणले सबै भन्दा बढि असर होटल व्यवसायमा परेको छ। पन्तका अनुसार वीरगन्जको होटल र लजका ८० प्रतिशत ग्राहक भारतीय नागरिक र पर्यटक हुन्। तर भारतमा कोरोनाको संक्रमण फैलिएपछि भारतीय नागरिक र पर्यटकको आवगमन ह्वात्तै घटेकाले पाँच दिन यता वीरगन्जका होटल र लजहरु सुनसान जस्तै भएको अध्यक्ष पन्तले बताए।

होटल तथा पर्यटन व्यवसायी संघमा ३३ वटा र वीरगन्ज होटल व्यवसायी संघमा १२ गरि वीरगन्जमा ५५ वटा आवासीय होटल, लज र पाटी प्यालेस छन्। ती बाहेक संघमा आबद्ध नभएका ५० भन्दा बढि साना होटल र लज पनि छन्। अन्नपूर्ण पोष्टबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहानमा धान खेती डुबे पछि किसान चिन्तित
  • वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    • पछिल्ला
    • लोकप्रिय
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    छुटाउनु भयो की?
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑