प्रदेश ३

काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी

काठमाडौं  १६फाल्गुन । काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ। प्रहरी वृत्त सिंहदरबारले जनाएअनुसार बसपार्कभित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको हो।

आगलागीको कारण भने खुल्‍न बाँकी रहेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

पछिल्लो समय अधिकांश आगलागी विद्युत् सर्टबाट हुने गरेको छ।