प्रदेश ३ · समाचार

दुई युवाको साथबाट प्रहरीद्वारा ३ थान चितुवाको छाला बरामद

ललितपुर १४ फाल्गुन । ललितपुर महानगरपालिका–५ लगनखेल बसपार्कबाट संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । उनीहरुको साथबाट ३ थान छाला बरामद भएको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका–५ घर भई काठमाडौं आरुबारी बस्दै आएका २६ वर्षीय विपेन्द्र तामाङ र झापा बारदेश गाउँपालिका–१ घर भई काठमाडौं महांकाल बस्दै आएका २२ वर्षीय रोशन कार्की रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । बाह्रखरिबाट