• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

शिक्षकको लापरवाहीले राघोपुरको पठनपाठन प्रभावित, किर्ते हस्ताक्षरमा निवेदन

नेपाल पोस्ट दैनिक
    February 25, 2020  मा प्रकाशित

Spread the love
      

लहान, १३ फागुन । सिरहाको मिर्चैया ३ स्थित रहेको आधारभूत विद्यालय राघोपुरमा शिक्षकको लापरवाहीले विद्यार्थी पठनपाठन छोड्न थालेका छन् । कक्षा ८ सम्म संचालन रहेको सो विद्यालयका प्रअ देवेन्द्र यादवलगायत शिक्षकहरु नियमिति कक्षा नगर्दा विद्यार्थीहरु विद्यालय आउँन छाडेका छन् ।

एक सय ८६ विद्यार्थीको नाम रजिष्टरमा रहेको छ । जसमा फागुन १२ गते स्थानीय अगुवाहरु निरिक्षण गर्न जाँदा ४०—४५ विद्यार्थी विद्यालयमा उपस्थिति थिए । अर्कातीर १ सय ३० विद्यार्थीको लागि आउँने गरेको खाजाको पैसामा समेत अनियमिता गर्दै आएको छ । १५ रुपैयाँको दरमा आउँने गरेको खाजाको रकममा १० रुपैयाँको खर्च गर्ने गरेको खुलासा भएको छ ।

१० रुपैयाँमा पुग्ने गरी विस्कुट तथा मुरही दिएर विद्यार्थीहरुलाई ठग्दै आएको स्थानीयको गुनासो छ ।
विद्यालयमा नियमित शिक्षक उपस्थितिवारे प्रअ देवेन्द्र यादवले भने ‘दिपेन्द्र यादव विदामा गएको छ ।’ टेलिफोन सम्पर्कमा प्रअसँग कुरा गर्दा त्यतिबेला प्रअ देवेन्द्र यादव स्वंम विद्यालयमा उपस्थिति थिएन । उनले भने ‘म विद्यालय पुगेर दिपेन्द्र यादवले दिएको निवेदनवारे भन्छु ।’ ‘उनी विदामा बसेका छन् ।’ उता, दिपेन्द्र यादवले दिएको निवेदनको विद्यालयमा दर्ता चलानी कहिँकतै छैन ।
एक स्रोतका अनुसार प्रअ आफैले किर्ते हस्ताक्षर गरेर दिपेन्द्र यादवको नाममा निवेदन लेखेर विद्यालय पुगेका थिए । शिक्षक दिपेन्द्र यादवले हाजिरी रजिष्टरमा गरेको हस्ताक्षर र निवेदनमा गरिएको हस्ताक्षरमा धेरै नै फरक छ ।
शिक्षक दिपेन्द्र यादवले माघ १२ गतेदेखि विद्यालयमा अनुपस्थिति छ भने सोही मितिमा नक्कली निवेदन लेखिएर विद्यालयमा पेश गरिएको छ । निवेदनमा सात दिनको विदा भनिएको छ । तर, शिक्षक दिपेन्द्र यादव एक महिनादेखि विद्यालय पुगेका छैन ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
  • जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑