समाचार

कसैकाे महिमा नगाएर स्वच्छ पत्रकारिता गर्न पत्रकारलाई रेडियाे दिवस उपलक्ष्मा- मुख्यमंत्रि राउतकाे सुझाव

नरेन्द्र महतो गौशाला २९ माघ/  प्रदेश न.२ काे महाेत्तरी जिल्लाकाे वर्दीवासमा औकाेराव द्वारा ९ औविश्वव रेडियाे दिवस मंगलवार एक कार्यक्रम गरि सम्मन्न भएकाे छ ।कसैकाे महिमा नगाएर स्वच्छ पत्रकारिता गर्न पत्रकारहरुलाई प्रमुख अतिथि तथा प्रदेश न .२ का मुख्य मंत्रि माे. लालवावु राउतले बताएका छन ।स्थानिय निकायमा रेडियाे एफ. एम. भएकाेले समाजमा परिवर्तन गर्न मुख्य भुमिका खेल्दै र कुरितिहरुकाे बारेमा खेलेकाे भुमिका प्रशंसायाेगय रहेकाे कुरा ९ औ विश्व रेडियाे दिवसकाे अवसरमा राउतले बताए।हामी कानुन निर्माणकाे क्रममा रहेकाेले आगामि दिनहरुमा रेडियाे संचालन गर्नकालागि निक्षपक्ष भएर कानुन बनाएर अगाडि बढने प्रतिबद्वता जनाए ।

रेडियाे र विविधता अन्तरक्रिया कार्यक्रममा बाेल्दै औकाेराबका केन्द्रीय सदस्य गाेविन्द देवकाेटाले सामुदायिक रेडियाे र निजि रेडियाेमा कुनै अन्तर नरहेकाे जानकारि दिदैं दुवै रेडियाेकाे उदेश्य एउटै मात्र रहेकाेले समाजमा रहेकाे विकृति,विसंगतिलाई समाचारकाे माध्यम द्वारा अवगत गराउने गरी वालविवाह,बाेक्सी,वहुविवाहकाे कुरालाई बाहिर निकालेर देश जनता समक्ष पुरयाउने उदेश्य रहेकाेले स्थानिय निकायमा रेडियाे भएकाेले धेरै जसाे खबर तथा मुदाहरु उज्यागर गराउनु प्रमुख भुमिका खेल्न रेडियाेक्रमिलाई देवकाेटाले आग्रह गरे । प्रदेश सरकार, स्थानिय सरकार र संघियसरकारलाई रेडियाेहरुलाई रुपान्त्रण गरेर कार्यक्रम संचालन गर्न दिंदा राम्राे हुने राय व्यक्त गरे । यी रेडियाेहरुलाई व्यापारिकाे विज्ञापन बाहेक सरकार वाट कुनै आय श्राेत नपाएकाेले स्थानिय निकायहरुले आर्थिक सहयाेग गरेकाे भए रेडियाे चलाउनमा कुनै दुविधा हुने थिएन हाेला उनकाे कथन थियाे ।

रेडियाे संचालन गर्दा समाग्रिहरु आफ्नाे देशमा उपलब्ध नभएर युराेपियन देश बाट खरीद गरेकाे हुन्छ।एक अर्काे प्रसंगमा उहाँले सरकारले संचारक्रमिकाे मनाेवल बढाउनकाे लागि जीवन विमाकाे व्यवस्था गर्न सुझाब दिए किन कि संचारकर्मीहरुलाई कुनै हाथ हथियार तथा वडि गाड नभएकाे कारण ज्यानकाे बाजि लगाएर पत्रकारिता गरिरहेकाे हुन्छ जसकाे कारण कुनै बेला जे पनि हुन् सक्छ उनकाे तर्क थियाे तर रेडियाेमा काम गर्नेहरुकाे तलव कम भएकाे कारण काम विचैमा काम छाेडेर जानू परेकाे बध्यता रहेकाे हुन्छ त्यसैले सरकारलाई ध्यान दिन आग्रह गरे । प्रदेश न. २ मा लगभग ८० वटा सामुदायिक तथा निजि रेडियाे एफ. एम. हरु रहेका छन र यस जिल्लामा मात्र १२ वटा रेडियाे रहेकाेले उनिहरु दैनिय अवस्था निकै कमजाेर रहेकाे पत्रकार महासंघ महाेत्तरीका जिल्ला अध्यक्ष कमलेश मंडलले जनाए ।

रेडियाे संचालक तथा संचारकर्मीहरुकाे धेरै समस्या भएकाेले महाेत्तरी जिल्लामा १३ वटा पालिका र १२ वटा रेडियाे रहेकाेले सबै पालिका द्वारा एक लाख रु. सहयाेग गरे उनिहरुकाे समस्या थाेरै भए समाधान हुने सुझाव पत्रकार महासंघ महाेत्तरीका पुर्व अध्यक्ष तथा मठ्ठियानि न. पा. का मेयर हरि प्रसाद मंडलले बताए । यसै गरि चुरे विनास,खेलकुद प्रति प्रदेश सरकारले ध्यान नदिएकाेमा प्रदेश सभा सदस्य शारदा देवि थापाले गुनासाे गरिन । खेलकुद स्वास्थ्यकाे लागि लाभदायिक हुनकाे साथै देशकाे इज्जत र प्रतिष्ठा बढाउनमा मदत पुरयाउने काम खेलकुदले गरेकाे थापाकाे कथन थियाे।पत्रकारलाई जनता प्रति उत्तरदायि भएर काम गर्न निर्देशन दिदैं रेडियाे दिवसकाे सफलताकाे कामना गरिन् साे कार्यक्रममा प्रदेश न. २ काे अाठ जिल्लाकाे रेडियाे संचालक,संचारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।