समाचार

बिन्दवासिनी गाउपालिकामा छोरी शिक्षा विमा साप्ताहिक शिविर शुरु

आरोहण शाह वीरगञ्ज, २८ माघ । पर्सा जिल्लाको बिन्दवासिनी गाउपालिकामा छोरी शिक्षा विमा साप्ताहिक शिविर शुरु भएको छ ।

मुख्यमन्त्रिको बेटी पढाउ, बेटी बचाव अभियान अन्तर्गत आयोजित छोरी शिक्षा विमाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य प्रहलाद गिरीले छोरीहरु लक्ष्मी हुन् भन्ने उखानले अहिले प्रदेश सरकारको पहलमा सार्थकता पाएको बताउनुभयो । साथै सातवटै प्रदेश मध्ये छोरीहरुको लागि २ नम्बर प्रदेशले मात्रै बिशेष योजनाहरु ल्याएको र आगामी दिनमा अँझै धेरै योजनाहरु ल्याउने पहल भइरहेको पनि गिरिले बताउनुभयो । गाउपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको शिविरमा आज सयौजना भन्दा बढी छोरीहरुको विमा गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य मन्जुर अंसारी, जिल्ला समन्वय समितीका नेक महमद अंसारी, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, छोरी शिक्षा विमा संयोजक आमोद यादव, स्वच्छता अभियानका प्रदेश संयोजक सलाउदिन अहमद, उपप्रमुख किरण देवी, वडाध्यक्ष सगिर मिया, संजय चौहान, सलमा खातुन, अनोज चौरसिया, सुकदेव राउत अहिर, निमित्त प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, लेखाअधिकृत मिथलेस कुशवाहालगायतको सहभागिता रहेको प्रेस संयोजक संजीव मिश्राले बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्यको क्रममा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले प्रदेश सरकार र स्थानिय सरकारको समन्वयमा महिला मुखी कार्यक्रमका साथै बिभिन्न क्षमता अभिबृद्धि तथा सिपमुलक तालिमहरु बिगतमा पनि सञ्चालन गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष कानुले अब देखी गाउँपालिकाबाट हरेक किसिमका सेवा सुविधा समयमा उपलब्ध गराउने बताउँदै रोकिएका योजनाहरुलाई तिव्र गतिमा बढ्ने बिश्वास पनि व्यक्त गर्नुभयो । छोरीहरुको लागि बिशेष योजना गाउँपालिकाले पनि सञ्चालन गर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।