प्रदेश २ · समाचार

सिरहामा रोकियो एकै दिन तिन जोडि बालबिबाह

लहान २८ माघ । बाल बालिको बिबाह सम्बन्धि जति अवाज उठाए पनि समाजमा कुनै बदलाव आएको छैन् । अहिले पनि कति औ बालबालिकाहरु कलिलै उमेरमा बिबाहको बन्धनमा बाधिने गर्छन् ।

प्रहरीले एकैदिनमा तीन जोडी बालविवाह रोकेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले विवाहको तयारीमा रहेको तीन जोडी बालविवाह रोकेको हो ।

सिरहाको कर्जन्हा नगरपालिका–६ वेतकाका रिझान मुखियाकी १५ वर्षीया छोरी रन्जुको र कल्याणपुर नगरपालिका–१ अर्नमाका रामनरेश माझीकी १७ वर्षीया छोरी गणिता माझिको महोत्तरीमा हुन लागेको विवाह प्रहरीले रोकेको छ ।

त्यसैगरी विवाहको तयारी भइरहेको अवस्थामा मिर्चैया नगरपालिका–५ का बेहरा मण्डललकी छोरीको विवाह पनि प्रहरीले रोकेको बताइएको छ । बालविवाह हुन लागेको विशेष सूचनाको आधारमा प्रहरी पुगेर उनीहरुको विवाह रोकेको हो ।

प्रहरीले उनीहरुको अभिभावलाई बालविवाह काननीरुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने जनाएपछि बालविवाह नगर्ने नगराउने विषयमा सहमत भएको प्रहरीले जनाएको छ ।

भनाइ चाहि भनाइमा मात्र सिमित हुन्छ बाल अबस्थामा बिहे गर्नुहुदैन भन्ने कुरा सडक नाटक, रेडियोमा कार्यक्रम तथा कैँयौ गीत चलचित्रबाट सुझाब दिन्छ तर पनि हाम्रा समाजमा कहिले यो कुरा माथि ध्यान जाँदैन । भन्नु र गर्नुमा धेरै फरक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।