नरेन्द्र महतो र गौशाला २६ माघ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न. ५ मा रहेको मुख्य बजार गौशालामा पहिलो पटक गौशाला महोत्सव हुने भएको छ ।
सो महोत्सव आउंदो महीनाको फाल्गुन १२ गते देखि शुरु हुने गौशाला उधोग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले जनाए ।
उक्त महोत्सवमा विभिन्न किसिमको, जड्डिबुट्टि, कलकारखाना, पर्यटन, प्रवर्द्वनहरु हुने छन, खास गरि २०२०भ्रमण वर्षलाई लक्षित गरि आयोजना गरिएको छ । यसमा नेपाल भारतका चर्चित कालाकारहरुले आ आफ्नो प्रस्तुति प्रस्तुत गर्नुको साथै, किसान तथा, व्यापारिहरुले आ आफ्नो व्यवसायको समानहरु प्रदर्शन गर्ने छन र ठुल ठुला स्टलहरु रहने छन ।
यसको लागि सम्बन्धित व्यक्ति सँग कुरा कानि भईसकेको छ । पहिलो चोटि भएको हुनाले गौशाला वजारको लोकप्रियति बढने भएकोले सबै व्यापारि, वुद्विजिवि, नागरिक समाज, विभिन्न राजनितिक दलका नेता, कार्यकर्ता तथा संचारकर्मीले आ आफ्नो ठाउँ बाट प्रचार प्रसार गरि सफल बनाउँन आग्रह गरे ।
यो महोत्सव गौशाला न.पा. सहयोग र गौशाला उधोग वाणिज्य सँघको आयोजनामा हुन गईरहेको अध्यक्ष साहले जनाए ।