समाचार

प्रसौनी गाउँपालिकाको पँचौ गाउँ सभा सम्पन्न सहिद परिवारलाई २५ पाऐ

आरोहण शाह बारा २३ माघ स् बाराको प्रसौनी गाउँपालिकाको पँचौ गाउँ सभा सम्पन्न भएको छ। आर्थिक बर्ष २०७६÷७७ को दोश्रोे गाउँ सभामा बिकासको योजनालाई कसरी अगाडि बढाउनु पर्छ भने कुरामा छलफल चएको थियो ।

कार्यक्रमका सभापति गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले प्रसौनी गाउँपालिका बिकासमा अघिरहेको दाबी गर्नु भएको थियो ।

निर्वाचित ३९ औं जनप्रतिनिधि लगाएत कर्मचारीहरुले एक जुट भई काम गरिरहेकोले बिकास सम्भव भएको अध्यक्ष गुप्ताले बताए । बिशिष्ट अथिति गाउँपालिका उपाध्यक्ष गिता साह, प्रमुख प्रशासकीय अधिकृत शेरेमुस्तुफा, वडा अध्यक्षहरु लालबाबु मुखिया , शुरेस गुप्ता, बैजु गुप्ता , आनन्द गुप्ता , राममणि गुप्ता लगाएत सम्पुर्ण वडाका वडा सदस्य आफ्नो कुराहरु राख्नु भएको थियो ।

प्रसौनी गाउँपालिका वाड ३ का सहिद दिनानाथ साह , जयप्रकाश गौढका परिवारलाई पालिकाले दोश्रोे गाउँ सभाबाट २५ हजारको चेक दिऐको छ ।कार्यक्रम संचालन स्वास्थ्य शाखाका सुरेश साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।