शम्भु चौधरी लहान २१ माघ । नेपालका पुर्व प्रधानमन्त्रि तथा नेकपाका केन्द्रिय अध्येक्ष पुष्प कमल दहाल प्रचण्ड माघ २३ गते विहीवारका दिन सिरहा आउने भएका छन् । सिरहाको सखुवनन्कारकट्टीमा हुन गइरहेको दोस्रो सखुवानन्कारकट्टी झण्डा महोत्सव २०७६ लाई उदघाटन गर्न अध्यक्ष प्रचण्ड सिरहा आउँदै छ ।
काला संसकृति हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान भन्ने मुल नारा सहित आन्तरिक वाह्रय पर्यटक भित्राउन र पर्यटन वर्ष सफल बनाउन सो महोत्सव हुन गइरहेकीे सखुवानन्कारकट्टी गाँउपालिका अध्यक्ष केदारनाथ यादवले पत्रकार सम्मेलन गरी जानकारी गराउनुभयो ।
विभीन्न जनचेतना मुलक कार्यक्रम प्रेरणा प्रदान गर्ने सांस्कृतिक झल्काउने तथा व्यपार र व्यवसाय प्रबद्र्धन गर्ने उदेश्य राखी सो महोत्सव माघ २३ देखि फल्गुन ३ गते १० दिनको लागि सन्चालन हुने पत्रकार सम्मेलनमा अध्यक्ष यादवले बताउनुभयो ।
प्रदेश २ सिरहा जिल्ला क्षेत्र नम्वर १ ख का प्रदेश सभा सदस्य असोक यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो सम्मेलनमा गाँउपालिका उपाध्यक्ष अमला देवि यादव, प्रमुख प्रशासकिय अधिकृत राजकुमार दाश, नेपाल पत्रकार महासंघ शाखा सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता समेतको सो सम्मेलनमा उपस्थिति रहेको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्दै यादवले भन्नुभयो म सखुवान्नकारकट्टी गाउँपालिका बासिन्दा यस झण्डा महात्सवले धेरै नै उत्साहित भएको छु । यसले एउटा गाउँपालिकाको पहिचान राख्ने कार्य गरेको सम्मेलन बिच बताउनुभयो ।
पत्रकार सम्मेलन सखुवान्नकारकट्टी गाउपालिका अध्येक्ष केदारनाथ यादबको अध्येक्षतामा सम्पन्न भएको थियो ।
