समाचार

दलित तथा सिमान्तकृत समुदायका नीतिगत व्यवस्था अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिरहा । सिरहाको धनगढीमाइ नगरपालिकामा समग्र जन उत्थान केन्द्र लहानको आयोजना तथा नागरिक सहकार्य मञ्च धनगढीका सहकार्यमा  दलित तथा सिमान्तकृत समुदायका नीतिगत व्यवस्था अन्तर क्रियात्मक कार्यक्रम मंगलवार वार्ड नं. ११ वार्ड कार्यालयको सभाहल मा सम्पन्न भएको छ ।

धनगढीमाइ नगरपालिकालाई दलित मैत्री नगरपालिका बनाउन विकासलाई हेर्ने एउटा रुपमा भएन भने समाजमा रुपान्तरण आउन सक्दैन् । हेर्ने दृष्टिकोणमा समतामूलक हुनु पर्छ । सामाजिक रुपान्तरणलाई आर्थिक उपार्जनसंगं कसरी जोडने ? यसलाई उद्यमसगं सीप दिएर र सीप परीक्षण गरेर जोडनु पर्छ । यस अन्तर्गत सामहिक खेती संचालन गरिनेछ र यसको लागि लीजका पैसा नगरपालिकाले दिनेछ भन्दै प्रत्येक वार्डमा सामाजिक संस्था संचालन गरेर जसमा दलित र सीमान्तकृत समूहलाई औचित्यपूर्ण सहभागिता गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै विकासका पूर्वाधारका पूर्वाधार शिक्षा भएकोले शिक्षा तर्फ बढी आकर्षित कार्यक्रम ल्याइनेछ । विद्यालय मर्ज गर्ने कार्यक्रम ल्याइने छ र आउदो शैक्षिक सत्रमा नगर भित्रका विद्यालयहरुमा दरवन्दी मिलान गरिनेछ । निःशुल्क शिक्षलाई टेवा दिन प्रत्येक विद्यालयमा परीक्षा संचालन गर्न प्रश्नपत्र र कापिको नगरपालिकाबाट दिने नै गरिएको छ भने दलित र सीमान्तकृत समूहका लागि सदैव नगरपालिका तत्पर रहने र दलित मैत्री नगरपालिका बनाउने भनि कार्यक्रमका प्रमुख अतिथि तथा नगर पालिकाका मेयर हरि नारायण चौधरीले बताएका छन् ।
कार्यक्रम नागरिक सहकारी मंचका अध्यक्ष गंगाराम यादवको अध्यक्षतामा विशिष्ठ अतिथि नगरका उपमेयर फूलकुमारी श्रेष्ठ र अतिथिहरुमा नारी संरक्षण मंच तथा महिला मानव अधिकार संरक्षक सञ्जालका अध्यक्ष रेणु कर्ण, शेफर वल्र्ड प्रदेश नं. २ का अविनाश कर्ण दलित समूहका  भोला पासवान, नेपाल कम्युनिष्ट पार्टीका उत्तर बहादुर मगर नगरका प्रवत्ता प्रकाश योञ्जन, समाजवादी पार्टीका रामप्रसाद महतो लगायत बिभिन्न संघ संस्था प्रतिनिधि,संचारकर्मी आम नागरिकहरु समेतको उपस्थिति रहेको समग्र जन उत्थान केन्द्र लाहान÷सिरहाका देवराज पोखरेलले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।