समाचार

पोखरामा सडकको काम गर्दागर्दै माटोको ढिस्कोमा पुरिएर ५ मजदुरकाे मृत्यु

काठमाडाैं १५ मंसिर ।  पोखरामा सडकको काम गरिरहेका ५ मजदुरको पुरिएर मृत्यु भएको छ ।

पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका थिए ।

दूई मजदुर भने भाग्न सफल भएका थिए । मृत्यृ हुनेमा जोग्न्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेका छन् ।

सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा ढिस्को खसेर मजदुर पुरिएका हुन्। ज्यान गुमाउनेमा सबै पाँचैजना सल्यानका भएको बताइएको छ, । दैलिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।