शम्भु चौधरी लहान १४ मंसिर । सिरहाको नवराजपुर गाउँपालिकाको चौरी भने ठाँउबाट तस्करले लुकाई छिपाइ राखेको कपडा तस्करी गरीरहेको अवस्थामा जाडोको कपडा सस्त्र प्रहरी वेस क्याम्प ७ नम्बर वटालियन सन्हैठा गणका प्रहरी द्रा पक्राउ गरेका छन् ।
सस्त्र प्रहरी बेस क्याम्प सन्हैठाका इन्सपेक्टर केशब श्रेष्ठको कमाण्डमा खटिएको टोलिले सो जाडोको कपडा पक्राउ गर्न सफल भएको हो । साँझ करिब ७ ः ४५ बजेको समयमा गस्तिमा रहेको अवस्थामा प्ररीलाई देखेर तस्करहरु कपडा छोडी भागेका थिए ।
करिब २ लाख ६ हजार मुल्य बराबरको सो जाडोको कपडा रहेको शस्त्र प्रहरी वेस क्याम्प ७ नम्बर बटालियनका डिएसपि प्रेम रावलले बताएका छन् ।
सिरहामा सस्त्र प्रहरीद्धरा २ लाख बराबरको पकडा पक्राउ
Admin
•
