समाचार

चण्डौलमा विद्युत सर्ट भएर आगलागी, ६ लाखको क्षति

काठमाडौं ३ मंसिर,  । काठमाडौं महानगरपालिका–४ चण्डौलस्थित एक घरमा मंगलबार बिहान आगलागी भएको छ ।

विद्युत सर्ट भएर स्थानीय विमला अधिकारीको घरमा आगलागी हुँदा झण्डै ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । घरमा आगलागी हुँदा भाडामा रहेको पान पसल र कपाल काट्ने सैलुनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।