समाचार

२६ किलो लागूऔषध सहित पक्राउ

जनकपुरधाम २९ कात्तिक  । सिराहा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका ५ बाट शुक्रबार दिउँसो उनलाई २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ पर्नेमा सिराहाकै धनगढीमाई नगरपालिका १४ बस्ने ५० बर्षीय रामबहादुर तामाङ छन् ।

उनलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो । उनलाई सोही इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ । अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।