बिटु सिंह। सिरहा,कार्तिक १८ गते । शिव शक्ति कृषि सहकारी संस्था लि.आफनो आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवको प्रमुख अथिती र बिशिस्ट अथिती मिर्चैया नगरपलिका वडा न. ९ का वडा अध्यक्ष मोहन पोख्रेल र संस्थाको अध्यक्ष दिपेन्द्र साहको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट संस्थाको आयव्य प्रस्तुत गरिएको थियो । संचालक समितीले निर्देशन बमोजिमको कार्यक्रम अगाडी बढाउने तत्कालै सम्भव भएन तसर्थ संस्थाको कार्यक्रममा स्थायित्व कायम रहनेगरी यसै चाल आ . व . भित्र खेतीयोग्य जग्गा खरिदगरी त्यस जग्गामा कृषि कार्यक्रमहरु गर्ने र कार्यक्षेत्र भित्रका कृषकहरुलाई समय समयमा बिउबिजनको समस्यालाई ध्यानमाराखी सर्व प्रथम तरकारी बिउ उत्पादन गर्ने योजना सहित रहेका छन् ।
मिर्चैया नगरप्रमुखको यादवको भनाइ यस साधारण सभामा शिव शक्ति कृषि सहकारी संस्था विगत दिनका मिर्चैया नगरमा प्रथम श्रेणीका संस्था रहने छन । भने यस कृषि सहकारी संस्था स्थानिय कृषक, व्यापारी लगातलाई जुनरुपमा सहयोग गर्दै आएको छन् । अगामी दिनमा पनि यस्तै सहयोगको आशा राख्दै संस्थाको लागी हामीबाट हुन सहयोगको लागि कहिलै पछाडी नहटने समेत बताउनु भएको थियो । त्यस्तै जिल्लाको मिर्चैया नगरपालिका वडा न.९ घुर्मिबजार रहेको छन ।
शिव शक्ति कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभामा अतिथीहरु समाजसेवी बुद्धिजिवी लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो र आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।