सप्तरी , १८ कार्तिक । दिनहु जसो कोसि टप्पु बन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले स्थानियलाई आतंकित पारी अन्नबाली नोक्सान बनाउदा समेत रोकथामको लागि कुनै निकाय बाट पहल हुन सकेको छैन ।
सोमबार दिउँसो अग्निसाइर कृष्णसवरन गाउपालिका ६ मोहनपुरमा हात्ती गाउमा पसि दर्जनौ किसानले लगाएको लाखौको कोदो , मकै , धान , तरकारी खाएर कुल्चिएर नोक्सान पुर्याएको छ ।मोहनपुरमा ३ बिघामा लगाएको धान खाएर नोक्सान पारेको छ भने दिपेन्द्र आचार्य को १ बिघामा लगाएको जुनेलो खाएर नोक्सान पारेको आचार्य ले बताए ।
यसरी दिनहु हात्ती गाउँमा पसेर आतंक मच्चाउदा समेत रोकथामको लागि कुनै निकायबाट पहल नभएकोमा स्थानियबासी आक्रोसित भएको स्थानीय प्रदिप आचार्य बताउछन ।
सोही ठाउँमा शनिबार र आइतबार हात्ती गाउमा पसि १० जनाको घर भत्काइ लाखौको अन्नबाली खाएर नोक्सान पारेको थियो ।
त्यसगरी कंचनरुप १२ रुपनगरमा समेत दिनहु हात्ती गाउँ पसेर आंतक मच्चाइ लाखौको अन्नबाली खाएर नोक्सान पार्न थालेपछी स्थानीयबासी रातभरी जाग्राम बस्न थालेको स्थानिय सर्फुद्दिन अलि बताउछन ।