शम्भु चौधरी लहान १५ कार्तिक । केन्द्र सरकाराबाट टोटल बजेटको १५ प्रतिशत मात्र प्रदेश सरकारलाई दिने गरेको छ जस मध्ये ८ वटा प्रदेशमा भागबनडा गर्दा २ प्रतिशतको दरमा हामी प्रदेश सरकारलाई काम गर्नु पर्ने भएको एक कार्यक्रम बिच मंत्रि यादवले बताउन् भएको छ ।
सिहाको धनगढीमाई नगरपालिका २ भवानीपुरमा भवानी एकिृत विकास केन्द्र भवानीपरको २४ औं साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दे यस्तो बताएका हुन ।
सम्बोधन गर्दै अगाडी भनुु भयो नेपालको शिक्षामा सबभन्दा पिछडिएको प्रदेश मधये प्रदेश २ लाई लिन गरेका छन र प्रदेश २ मा शिक्षामा पछाडी भएको जिल्ला सिरहा रहेका वहाँले बताउन्ु भयो । यस प्रदेशका केहि पुँजीवादले आफनो लगानी ठुला ठुला स्कुल तथा क्याम्पस खोले पनि यो प्रदेश शिक्षामा पछाडी देखिएको छ । यस प्रदेशलाई शिक्षित नहुन दिनु केन्द्रीय सरकारको नजरीमा नै खोट देखिएको वहाँले आरोप लगाएको हो ।
कार्यक्रममा धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारयाण चौधरी, लक्ष्मपिुर पतारी गाउँपालिका अध्यक्ष राम बल्लभ साह,धनगढीमाई नगरपालिका १ का वडा अध्यक्ष तारणी प्रसाद चौधरी, लक्ष्मीपुर पतारी गाउँपालिका १ का वडा अध्यक्ष मनीकलाल यादव,गै स स महासंघ शाखा सिरहाका अध्यक्ष गोविन्दराज विष्ट तथा भवानीपुर प्रध का भु पु अध्यक्ष गहुमलाल चौधरीले संस्थाको प्रगतीको बारेमा शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष दिपेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वार्षिक प्रगती प्रतिवेदन संस्थाका महासचिव जसकरण साहले प्रस्तुत गर्नु भएको थियो भने वार्षिक आय व्यय विवरण संस्थाकी कोषाध्यक्ष संगिता चौधरीले प्रस्तुत गर्नु भएको जानकारी संस्थाका अध्यक्ष चौधरी दिनु भएको छ ।