शम्भु चौधरी लहान १४ कार्तिक । लहान ३ लक्षमण ललिता कुशवाहा उच्च मा.बि रघुनाथपुर पोखरिमा शसस्त्र प्रहरी लहान बेस क्याम्प द्वारा बिहिवार बृहत सर सफाइ कार्यक्रम सम्पन गरिएको छ । लाहान ३ को पोखरीको डिलमा विगत केहि वर्ष देखि छठ पर्वको लागि नेपाल प्रहरी,सस्त्र प्रहरी, नेपाल आर्मी तथा छठ समितिका पदाधिकारी द्वरा बृहत रुपमा सर सफाइ कार्यक्रम गर्दै आइरहेको छ ।
फोहरले हुने बिभिन्न किसिमका छाला रोग छठ माताको पुजा गर्दा निको हुन्छ जन विश्वाश रहेको छ भन्ने श्रद्धा र विश्वाशले हामी छठ माताको पुजा गर्ने गछौ । छठ पर्वलाई निष्ठा र पवित्रताको पर्व पनि मान्ने गरिन्छ ।
यस बृहत सरसफाइ कार्यक्रममा प्रहरी स्थानिय य्ुवा गरी करिव १ सय ५० जनाको सहभागिता रहेको प्रहरी याम कुमार कार्कीले जानकारी दिएको छ ।