शम्भु चौधरी लहान १४ कार्तिक । सिरहाको सखुवानन्कारकट्टि गाँउपालिका वडा नं. ५ मा रहेको श्री आधारभुत विद्यालय इटहर्वामा विधार्थी पढन आउने क्रम एकदम न्युन देखिएको छ ।
विगत केहि वर्ष देखि उक्त विद्यालयमा खाजा कार्यक्रम रहेको समयमा विधार्थिहरु भरीभराउ रहन्थ्यो तर जुन दिन देखि खाजा कार्यक्रम काटियो त्यस दिन देखि विधार्थिहरु विद्यालय आउन छोडेको बाल बिकास शिक्षिका बिना कुमारी यादवले बताएकी छिन् । हामी घर दैलो कार्यक्रम गरे पनि विद्यार्थी आउदैन । खाजा कार्यक्रम एक किसिमको विधर्थी लोभ्याउने कार्यक्रम पनि भएको वहाले जिकिर गरिन् ।
प्र. अ. लखन मण्डल शारिरिक अस्वस्थ्यताका कारण विधालयमा आइ हाजरि बनाएर जाने गरेका छन् । सो विद्यालयमा दुइ शिक्षक दरवन्दि मध्ये एक प्र. अ. शारिरिक बिरामी र अर्को शिक्षक कृष्ण बन्धु यादव कहिले तालिम, कहिले गोष्टित कहिले बैठकमा व्यस्त भएपछि विद्लयको पढाइमा दिक्कत भइरहेको अर्का बाल बिकास शिक्षिका विनिता कुमारी यादवले बताएकी छिन् ।
यस विद्यालयमा विधार्थी जुटाउन खाजा कार्यक्रम पुन ः सन्चालन गर्नु पर्ने तथा यस्ता कार्यक्रम पालिका भित्रका सवै विद्यालयहरुमा संचालन गर्नुपर्ने स्थानीय सरकारसंग विद्यालयका कार्यालय सहयोगी रामअशिष मलाहले जोडदार माग गरेका छन् ।