शम्भु चौधरी लहान १४ कार्तिक । सिरहाको लहानबाट ईलाका प्रहरी कार्यालय लहान र सस्त्र वेस क्याम्प लहानको संयुक्त प्रहरी टोलिले लहान बजार अनुगमन गर्ने क्रममा पटाका बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा व्यपारीहरुले लुकाइ छुपाइ विक्रि गरीरहेको अवस्थामा रु. तिस हजार मुल्य बराबरको पटाका बरामद गरेको हो । बमद गरीएको पटाका प्रहरी, पत्रकार तथा स्थानीय बुद्धिजिविको रहोवरमा खालडँे खनि नष्ट गरीएको इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर सुनिल कुसवाहाले बताएका छन् ।