सिरहा १३ कार्तिक । सिरहामा जुवा तास खेल्ने ८ जनालाई सोमवार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सुचनाको आधारमा सिरहा नगरपालिका वडा नं. १५ माडर स्थित जुवा तास खेलीरहेको अवस्थामा नगद सहित ७६ हजार ६ सय ५ रुपैया नेपाली र एक हजार दुई सय भारु सहित ८ जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका वडा नं. १४ बस्ने २६ वर्षीय नुर खान, ३८ वर्षीय मोहमद रफिक, २५ वर्षीय जावेद खान, ४७ वर्षीय श्याम कुमार यादव, २९ वर्षीय रंजित यादव, २८ वर्षीय दिनेश यादव, ३५ वर्षीय संजिव कुमार महतो र गोलबजार नगरपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय सिकेन्द्र साफी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।