शम्भु चौधरी लाहान १२ कार्तिक । सिरहाको लाहान नगरपालिका वडा नं. १ कृष्णाटोलमा आइतवार राती चोरी भएको छ । विगत केहि वर्षदेखि शवुरलाल चौधरीले कठघारामा गर्दै आएको पसलमा चोरहरुको समुहले कठघाराको ढोका फोरी किराना सामानहरु चोरेर लगेको पसले चौधरीले बताएको छ ।