सप्तरी ९ कार्तिक । समाजवादी पार्टीका युवा नेता तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले उपनिर्वाचन समाजवादी पार्टीको लागि पहिलो परिक्षाको घडी भएको बताएका छन् ।
फुलबारी सन्देश तथा नेपालपोष्ट दैनिक सँग फोन सम्वादमा कुरागर्दै भनेका छन्, वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि तत्कालीन समाजवादी फोरम र नयाँ शक्ति पार्टी बीच जुन एकता भएको छ र राजपा लगायतका राजनीतिक दल यो राजनितीक अभियानमा समाहित हुने चर्चा चलिरहेको छ ।
यसमा जनताको मनोविज्ञान बुझ्न र अगामी दिनमा सोहिनुसार वैकल्पिक राजनीतिक पार्टीको राजनीतिक अभियान कस्न सहयोग पुग्ने भएकाले अहिले हुन लागेको उपनिर्वाचन समाजवादी पार्टीको लागि महत्वपूर्ण परिक्षाको घडी भएको बताउनु भएको छ ।
त्यसैले सम्पूर्ण पार्टी पंक्ति अवसर र चुनौतीसँगै सोहिनुसारको मिहिनेत उठाउनुपर्ने पनि बताउनु भएको छ । अन्तमा उहाँले थपे, वैकल्पिक राजनीतिक शक्ति निर्माणको कुरा चानचुने छैन् । हिंसात्मक राजनीतिक भन्दा सयौं गुणा पिडादायी हुन्छ । त्यसैले इतिहासमा यसखाले अभियानहरु पछि हटेका छन् ।
त्यो इतिहासको चुनौतीको समस्या पनि समाजवादी पार्टीको काँधमा थपिएकाले धैर्यतापूर्वक अधि बढ्नुको बिकल्प नरहेको बताएका छन् ।