धनुषाको सबैला बजारमा दिपावली र छठकाे लागि बनाइएका माटाेका दियाेकाे ब्य्पारी बढदै :: Nepal Post Dainikधनुषाको सबैला बजारमा दिपावली र छठकाे लागि बनाइएका माटाेका दियाेकाे ब्य्पारी बढदै | Nepal Post Dainik
धनुषाको सबैला बजारमा दिपावली र छठकाे लागि बनाइएका माटाेका दियाेकाे ब्य्पारी बढदै
समभु पण्डित जनकपुर, धनुषा
October 25, 2019
मा प्रकाशित
समभु पण्डित जनकपुर, धनुषा । हिन्दुहरुको महान चाड तिहार (दिपावली) र छठ मा सबैला बजारमा बेच्न राखेको माटाेका दियो र कलशा शुद्ध हुने भएकाले अहिले यसको बिक्री बढेको छ।
घरघरमा आउन केही दिन मात्र रहेको समयमा धनुषामा माटोका भाडा बनाउँदै आएका कुम्हारले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइ नभ्याइ भएको छ ।
जिल्लाको सबैला, रघुनाथपुर , भठिहन,यदुकुहा, धनुषा, लगायतका ग्रामिण भेगमा बसोबास गर्ने कुम्हार जातीको सिङ्गो परिवारहरु आजभोली रातदिन मेहनेत गरेर माटोको विभिन्न भाँडाकुँडा लगायत पूजा सामग्रीहरु बनाउनमा व्यस्त रहेको पाईन्छ ।
हिन्दूहरुकाे महानपर्व तिहार तथा तराईका महानपर्व दिपावलि र छठ मनाउनको लागि घरघरमा माटोको भाँडोको दियाे र कलश माग अधिक भएकोले यसको माग बढदा उनीहरु व्यस्त भएको हो ।
धनुषा लगायत तराई क्षेत्रमा रहेको प्रत्येक घरघरमा दिपावलीको राति आकर्षक रुपमा तयार गरिएको पालामा तेल राखेर झिलीमिली पार्ने भएपछि बजारमा यसको माग बढदै गएको कारण बजारमा यसको माग बढदै गएको छ ।
यतिखेर दिपावली र छठपर्व नजिक आएकोले आवश्यक पाला, धुपौरो लगायतका माटोले निर्मित विभिन्न सरसमानहरु तयार गर्नुपर्ने भएकोले एकछिन फुर्सद नभएको सबैला नगरपालिकाका ६१ बर्षिय रामदेब पण्डितले बताउनुहुन्छ । “तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ, तिहार अघि जसरी पनि सामान दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ” पण्डितले बताउनुभयो ।
अरु समयमा आफुहरुको त्यति कमाई नहुने तर तिहार र छठ पर्वको समयमा नै वर्षभरिका लागि राम्रो आम्दामी पछि यो मौकालाई गुम्न नदिन सपरिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने सबैला नगरपालिका ६१ बर्षिय रामदेब पण्डितले बताउनुभयो । माटोको भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त युवा पण्डितले एक दिनमा एक हजारदेखि १५ सयसम्म पाला बनाउने गरेको बताउनुहुन्छ।
धनुषाकाे सबैला, , भठिहन, सताेसर, , खरिहानि, रघुनाथपुर,धनुषाधाम, सबैलाबजार लगायतका बजारहरुमा पालाको खुद्रा मूल्य भने २०० वटा पालाको रु २५० सम्म पर्ने गरेको सबैला नगरपालिका ७ कि हरि पण्डितले बताईन । यस व्यस्त समयमा घरका सम्पुर्ण सदस्यहरुले नै माटो ल्याउनेदेखि लिएर विभिन्न किसिमका घरायसी समानहरु निर्माण गर्ने छ ।