सिरहा ७ कार्तिक । सिरहाको एक वटा पेट्रोल पम्मलाई तोकिएको परिमाणमा इन्धन बिक्री नगरेको भन्दै सिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीद्घारा बुधबार संयुक्त रुपमा गरेको बजार अनुगमनको क्रममा बिष्णुपुर गाउँपालिका वडा नं. ५ लक्ष्मिपुर स्थित महतो फ्युल सेन्टरलाई सिल गरेको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाछन् । अनुगमन टोलीले पम्पबाट बिक्री वितरण गरिएको डिजेलको मात्रा मापदण्ड भन्दा कम भेटिएको थियो ।
अनुगमनको क्रममा महतो फ्युल सेन्टरले पेट्रोल पम्पको एडजष्टर (Adjuster) सिल तोडमोड गरि घटि बनाई (प्रति ५ लिटर पेट्रोलमा १०० मि.लि. कम) तथा डिजेल पम्पको डिस्पले (Display) विगारी प्रति ५ लिटर डिजेलमा १४० मि.लि. घटी पाइएको थियो ।