सिरहा,१८ असोज भौगोलिक रुपले विकट एवम् क्षेत्रफलको हिसावले ठूलो रहेको वडालाई अँध्यारो मुक्त वडा बनाउने लक्ष्यसहित नगरपालिकाले पहिलो चरणमा उक्त वडाको कसाईटार, अमिलटार, अम्बास, सानो कसाइटार, करमचोरी लगायतका ठाउँमा विजुली पुगेको हो ।वर्षौदेखि विजुली वत्तिको अभाव झेल्दै आएका स्थानीयहरु विजुली बलेपछि खुशी भएका छन् ।
खानेपानी, भौतिक पूर्वाधार लगायत विजुली वत्तिको काम समेत क्रमिक रुपमा अगाडि बढिरहेकोले एक वर्षभित्र अँध्यारोमुक्त वडा घोषणा गर्ने लक्ष्य रहेको नगरपालिका प्रमुख चौधरीले बताए ।
वडा अध्यक्ष ठरेन्द्र राईका अनुसार यस वडाका वृद्धबृद्धाहरु विजलु बत्ती केहो जानेका र देखेका पनि थिएन आज यस वडाका विकट ठाँउका जनताहरु नगर प्रमुख चौधरीको पहलमा विजुली वत्ति देखन पाएको छ र जनता प्रमुख चौधरीको कामले खुशी भएको बताए ।
उक्त कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, शिक्षाप्रेमी, बुद्धिजीवी एवम् स्थानीयहरुको उपस्थिति रहेको थियो ।स्रोत प्र्वाञ्चल एक्सप्रेसबाट