राधेश्याम राम , १० असोज राजविराज सप्तरी सप्तरीको राजविराजमा सेभ द चिल्ड्रेनको आयोजनामा तिन दिने प्रारम्भिक वाल स्याहार तथा विकास र आधारभुत शिक्षा कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन भएको छ ।
सेभ द चिल्ड्रेनको साझेदार सस्था सबल नेपाल राजविराज सप्तरी र सेभ द सप्तरीका फिल्ड अफिसर, कार्र्यक्रम सुपरभाईजर र सामुदायिक परिचालकहरुलाई सहभागि गराई आयोजक संस्थाका बरिष्ठ कार्यक्रम संयोजक एवं शिक्षा कार्यक्रमका फोकल पर्सन खिलानाथ निरौला र कार्यक्रम संयोजक एवं वालविकास कार्यक्रमका फोकल पर्सन रिता तामाङ्गले सहजिकरण गर्नु भएको सबल नेपालका सामुदायिक परिचालक शुशिल शास्त्रीले जानकारी गराउनु भएको छ ।
सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, तिलाठी कोईलाडी गाँउपालिका, विष्णुपुर गाँउपालिका, छिन्नमस्ता गाँउपालिका, राजविराज नगरपालिकाको वडा नं.( १, २, १४ र १५ मा सम्मुन्नति कार्यक्रम संचालन भएको छ । नगरक्षेत्र भित्रका नगरपालिकाको शिक्षा सम्वन्धी लक्ष्य, उदेश्य प्राप्तीका लागि सक्रिय भएर सम्वन्धित नगरपालिका र गाँउपालिकाहरु संग समन्वय तथा सहकार्य गरी ईमान्दारितापुर्वक कार्यगर्नकालागि सबल नेपाल र सेभ द सप्तरीले आ आफना कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको जनाइएको छ ।
जस अन्तर्गत नेपाल सरकार र स्थानिय सरकारको शिक्षा सम्बन्धी आधारभुत मापदण्डको आधारमा गुणस्तरिय शिक्षाको लागि महत्वपुर्ण सुचकहरुमाथी तिन दिन सम्म छलफल गरी अभिमुिखकरण गरेका छन । समापन कार्यक्रमको अवसरमा नगरक्षेत्र भित्रका नगरपालिकाको शिक्षा सम्वन्धी लक्ष्य, उदेश्य प्राप्तीका लागि सक्रिय भएर सम्वन्धित नगरपालिका र गाँउपालिकाहरु संग समन्वय तथा सहकार्य गरी ईमान्दारितापुर्वक कार्यगर्नकालागि सबल नेपाल र सेभ द सप्तरीले आ आफना कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको जनाइएको छ । वुधवार संंचालन भएको उक्त तिन दिने अभिमुखिकरण शुक्रवार सम्पन भएको छ ।