• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

‘मुटुमा प्वाल छ, टाल्न पैसा छैन’ मार्मिक कथा

नेपाल पोस्ट दैनिक
    September 9, 2019  मा प्रकाशित

Spread the love
      

बारा भदौ २३, : मुटुमा प्वाल परेकी बाराको निजगढ–९ की एक वर्षीया बालिका निकिता लामाको सहयोगका लागि उनकी आमा–बुवाले अपिल गरेका छन्। निकिताका आमा-बुवा मिनाकुमारी स्याङ्गतान र विजय लामाले वीरगञ्जमा ए-क्सरे गरेर हेर्दा मुटुमा प्वाल परेको थाहा पाएका थिए। वीरगञ्जबाट एक हप्ताको औषधि खाएर छोरी बोकेर शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंमा थप स्वास्थ्य परीक्षणपछि उनको मुटुमा प्वाल परेको पुष्टि भएको हो।

‘छोरीले दुई पटक बेहोस भएर ज्यान नै फाल्ने र आँखा चिम्म गर्न थाली,’ आमा मिनाले भनिन् ‘१६ हजार ऋण खोजेर एक हप्ता काठमाडौं बसेर फर्किएका छौँ। डाक्टरले औषधि खाएर निको हुँदैन्, अप्रेशन नै गर्नुपर्छ भनेको छ।’ ‘असोज ३ गते छोरीको मुटुको अप्रेशन गर्न काठमाडौंको गंगालाल जानु छ,’ बुवा विजयले भने ‘अब दुई हप्ता पनि बाँकी छैन्। मैले केही सोच्न सकेको छैन। हामी गरिब छौँ, हामी उपचार गर्न सक्दैनौँ। तपाईंहरूको सहयोगले छोरी बाँच्छे भने बचाइदिन अनुरोध छ।’ विजय गाउँमा साहुको ट्याक्टर चलाउँछन्। सम्पत्तिका नाममा पाँच धुर जमिनमा बनेको काठको घर छ। दिनभरि कमाउने र साँझबिहान खाने अवस्थाको उनीहरूको परिवार छ। छोरी बिरामी भएदेखि आफू काममा जान विजयले बताए। ‘छोरी रोइरहन्छे, आमासँग मान्दिन्, मैले बोकेर हिड्नुपर्छ’, विजय लामाले सुनाए।

‘नसोचेको कुरा भयो, हामी गरिबले यत्रो रकम कसरी खोजेर उपचार गराउँ, समस्या भएको छ, ऋण काढेर उपचार गराउन पनि बस्नका लागि बासदेखि एक टुक्रा जग्गा जमिन छैन्’ मिनाले भनिन्। निकिताको बुवा–आमाले सबैलाई सहयोग गर्न विभिन्न संचार माध्याममार्फत अनुरोधसमेत गरेका छन्। सहयोग गर्नेहरूलाई उनले ९८१३२९७११५ मा सम्पर्क गर्नसमेत आग्रह गरिन्। गरिब मान्छेलाई मात्र यस्तो छोरीको मुटुको समस्या देखापरेदेखि कसरी उपचार गर्ने होला भन्ने चिन्ताले रातभरी निदाउन सकेको मीना बताउँछिन्। ‘अप्रेशन हुँदा सफल होला कि नहोला भन्ने कुरा मनमा खेलिरहन्छ। निद्रा लाग्दैन्’ उनले भनिन्, ‘दुःख लाग्छ, रुन मन लाग्छ, आफूले जन्माएको बच्चालाई उपचार गर्न नसक्दा।’ निकिता उनीहरूको पहिलो सन्तान हुन्। भविष्यमा शिक्षिका बनाउने सपना मिनाको माइती निजगढकै सिंगौल हो। ८ कक्षासम्म पढेकी मिनाले छोरीलाई शिक्षिका बनाउने सपना देखेकी छिन्। ‘आफूले धेरै नपढे पनि छोरीलाई पढाउन मन छ,’ मिनाले भनिन्। सहयोग मागेर उपचार गराउने योजना आर्थिक अवस्था कमजोर भएका उनीहरूले छोरीको उपचार आर्थिक सहयोग मागेर गर्ने योजना बनाएका छन्। त्यसका लागि वडा कार्यालयबाट सिफारिस बनाएका छन्।
स्थानीय महिला नेतृ एवं निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मीनामाया लामाले बालिकाको उपचारका लागि वडा कार्यालय र स्थानीयवासी सहयोग संकलनका लागि जुट्ने तयारी भइरहेको जानकारी दिइन्। उनले देशविदेशमा रहेका सबै नेपालीलाई बालिकाको उपचारका लागि आर्थिक सहयोगको लागि अपिलसमेत गरिन्। कसरी हुन्छ, बालबालिकाको मुटुमा प्वाल? कति बालबालिकामा जन्मजात मुटुमा प्वाल हुने गर्छ। कसैलाई वंशानुगतमा यो समस्या हुन्छ। गर्भमा रहेको भ्रूणको विकासक्रममै उसको मुटुमा प्वाल रहन सक्छ। यसलाई चिकित्सले ‘होल इन हार्ट’ भन्ने गरेका छन्। जतिबेला बच्चा गर्भमा हुन्छ, त्यसबेला उसको मुटु एउटा ट्यूबमा र चार च्याम्बर अंगको रूपमा विकास भइरहेको हुन्छ। यहि क्षणमा हो, मुटुको विभिन्न भागहरूको पनि विकास हुने।

तर, कारणबस मुटुको विकास समूचित रूपमा हुन नपाउँदा मुटुमा प्वाल रहने गर्छ। शिशुमा हुने मुटुको प्वाल विभिन्न प्रकारको हुन्छ। मुटुको माथिल्लो भागमा पर्ने प्वाललाई एएसडी (एट्रियल सेप्टल डिफेक्ट) भनिन्छ। मुटुको तल्लो भागमा वा दुई च्याम्बरको बीचमा हुने प्वाललाई भीएसडी (भेन्ट्रिकुलर सेप्टल डिफेक्ट) भनिन्छ। त्यसबाहेक, मुटुको अनेक समस्याका कारण पनि बालबालिकाको मुटुमा प्वाल हुन गर्छ।थाहाखबरबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑