प्रदेश २ · समाचार

५५ हजार घुससहित सब-इन्जिनियर मण्डल पक्राउ

जनकपुर २५ साउन । धनुषाको नगराइन नगरपालिकाका एक सब-इन्जिनियर ५५ हजार रुपैयाँ घुससहित जनकपुरबाट पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले  नगराइन नगरपालिकाका सब-इन्जिनियर उमेश मण्डललाई शुक्रबार साँझ ६ बजे ५५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने भन्दै जनकपुर अञ्चल अस्पताल अगाडि एक सेवाग्राहीसँग घुस लिइरहेको बेला पक्राउ गरेको आयोगले जनाएको छ ।  उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।