• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बलान विहुल गापामा पत्रकारहरुको टोली

नेपाल पोस्ट दैनिक
    July 30, 2019  मा प्रकाशित

Spread the love
      

राजविराज, १३ साउन । आर्थिक अनियमितताको आरोपमा यतिबेला चर्चामा रहेको सप्तरीको बलान विहुल गाउँपालिकाको विभिन्न योजनाहरुको विषयमा पत्रकारहरुको एक टोलीले सोमवार स्थलगत निरीक्षणसहित विविध पक्षहरुबारे जानकारी लिएका छन् ।
राष्ट्रिय तथा स्थानीय मिडियाहरुमा कार्यरत पत्रकारहरुको टोलीले सम्वन्धित योजनास्थलमै पुगेर वास्तविकताबारे जानकारी लिएका हुन् । ‘न्यूज टुडे’ दैनिक सहित स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा समाचार सार्वजनिक भएपछि गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले समाचारहरुमाथि नै प्रश्नचिन्ह उठाएका थिए । तत्पश्चात नेपाल पत्रकार महासंघको विभिन्न जिम्मेवारीमा रहेका पत्रकार तथा मिडियाकर्मीहरुको टोलीले स्थलगत रुपमै निरीक्षण गर्दै स्थानीयवासिन्दासँग समेत विकास निर्माण लगायतका विषयमा जानकारी लिएका छन् ।
स्थलगत निरीक्षण एवम् समाचार सङ्कलन टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका कान्तिपुर दैनिकका उप–सम्पादक अवधेश कुमार झा, कान्तिपुर टेलिभिजनका उप–सम्पादक एवम् नेपाल पत्रकार महासंघका प्रदेश नम्वर २ का सचिव रामनारायण विश्वास, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका न्यूज टुडे दैनिकका सम्पादक एवम् नेपाल टेलिभिजनका सप्तरी सम्वाददाता श्यामसुन्दर यादव, एभिन्यूज टेलिभिजनका सप्तरी सम्वाददाता वैद्यनाथ यादव, कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.का अध्यक्ष शिवनारायण साह ‘सुरज’, जनता टेलिभिजनका सप्तरी सम्वाददाता विद्यानन्द राम, राजविराज टुडे दैनिकका प्रमुख सम्वाददाता धर्मपाल राउत समेतका पत्रकारहरु सम्मिलित थिए ।
टोलीले बलान बिहुल गाउँपालिकाको मुख्य सडक, ढलान भएको स्थल, राष्ट्रिय प्राथमिक विद्यालय टिकुलिया, चिकनी डबरी पोखरी सडक, ट्युवेल जडान, वडा नम्वर १ स्थित सडकमा माटो ग्राभेल लगायतको योजनाहरुको स्थलगत निरीक्षण गरेका छन् । उक्त टोलीलाई स्थानीवासिन्दाहरुले विभिन्न बेथितिहरुबारे जानकारी गराएका छन् ।
योजनाहरुको निरीक्षण पश्चात बलान बिहुल गाउँपालिका कार्यालय पुगेर महालेक्षा परीक्षकको विस्तृत प्रतिवेदन, ०७४÷०७५ मा सम्पन्न योजनाहरु, चालु आर्थिक वर्षको योजनाहरुको विस्तृत विवरणका साथै कार्यप्रगति विवरण सहितका विषयहरुबारे सूचना माग गर्दै निवेदन समेत दर्ता गराएका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑